अनौठो रुखः यसलाई छुँदा थकाइ मेटिन्छ

By प्रकाश धिताल     

parijat-tree1-3

एजेन्सी । पारजित भनिने रुख नेपाल र भारतका विभिन्न स्थानमा पाइन्छ । तर भारत उत्तर प्रदेशको को किन्टुर भन्ने स्थानमा पारिजातको अनौठो रुख छ । यो रुख छुँदा थकाइ मेटिने दावी स्थानीयबासी गर्छन् ।उत्तर प्रदेशको बाराबंकी जिल्लाको सदरमुकामबाट ३८ किलोमिटर टाढा पर्ने गाउँमा यो रुख छ ।
सामान्यतः पारिजातको वृक्ष १० देखि २५ फिट सम्म हुन्छ । किन्टुरमा रहेको रुख भने ४५ फिट अग्लो र ५० फिट मोटो छ । यो रुखामा सेतो रंगका फूल फुल्छन् भने । यो रुखबाट फुल टिप्न सख्त मनाइ छ ।
पारिजात रुखको वर्णन हरिबंश पुराणमा पनि गरिएको छ । यसको उत्पत्ति समुन्द्र मन्थनको समयमा भएको उल्लेख छ । यो रुखलाई छुँदा पनि थकान मेटिने हरिबंश पुराणमा पनि उल्लेख छ ।यो रुखबाट मुटुरोगीका लागि औषधी समेत बनाइन्छ । यो रुखलाई संरक्षित रुख घोषणा गरिएको छ ।