गायिका प्राश्नाले ल्याईन नया गित “दशैतिहार आयो” (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डटकम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज २० 

हिन्दूहरुको महान पर्व दसैंतिहारको उमङ विस्तारै गाउघरमा छाउदै छ । घुमाउरो सेलरोटी खाँदै लठ्ठे पिङ खेल्नुको मज्जै छुटै छ । दसैंमा फुलपाती टिका जमरा र तिहारमा देउसीभैलो सँङ्गै इष्टमित्रहरुको भेटघाटले गाउमा रमाइलो नहुने त कुरै भएन । त्यस माथि पनि दसैंतिहारमा कलाकारहरुको प्रस्तुतीले प्रस्तुत गरेका दसैंतिहारका गीत संगीतले त रमाइलोपनमा अझै इट्टा थपेको महशुष हुन्छ । नेपाली संगीत क्षेत्रको विकास सँगसङ्गै यसमा प्रवेश गर्ने गायक ,गीतकार र संगीतकारको कमी छैन ।

गायिका प्राश्ना पाण्डेले पनि दसैंतिहार स्वरुप दसैंतिहार आयो भन्दै गीतसङ्गीत मार्फत शुभकामना व्यक्त गरेकी छिन । गीतकार गोबिन्द प्रशाद उपाध्यायको शब्दमा अनिष श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो पनि युटियुब मार्फत सार्वजनिक गरिएको छ । मोहन राज अधिकारीको निर्देशनमा बिरु लामाको छायांकन रहेको छ । भिडियो लाई भने माधव बेल्बासेले सम्पादन गरेका हुन भने पर्मिला क्षेत्रीको भिडियोमा अभिनय रहेको छ । गीतको अडियो संगीत सम्योजन गरेका हुन आमोश तमाङले ।

हेर्नुहोस भिडियो