चर्चित गायक,सङ्गीतकार तथा गीतकार गोबिन्द मधुरको “दशैं आयो तिहार नि आयो” सार्बजनिक

By प्रकाश धिताल     

केके छ डटकम परिवार – प्रेम प्रकाश न्यौपाने – काठमाण्डौ – असोज १९ 

कामना डिजिटल प्रा लीको ब्यानरमा दसैंको शुभकामना सहित परदेश गएको परदेशीको दु:ख पिडा र घर भएकी श्रीमती को दु:ख पिडा लाई समाबेश गीतको  म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । चर्चित गायिका टिका पुन र चर्चित गायक तथा सङ्गीतकार ,गीतकार गोबिन्द मधुर आचार्यको स्वर रहेको यस  गीतमा शब्द सङ्गित गोबिन्द मधुर आचार्यकै रहेको छ ।

यसै गरि कामना फिल्मस को ब्यानरमा यो भिडियो निर्माण गरिएको छ । छोटो समयमै चर्चाको शिखर चुम्न सफल मोडेल टेरिसा पौडेल र एस के दाहालको भिडियोमा अभिनय रहेको छ । भिडियोलाई राज काफ्लेले निर्देशनगरेका छन् भने राजेश घिमिरेले छायांकन गरेका छन् । यसै गरि टेरिसा पौडेलको अभिनय पनि निकै शसक्त रहेको छ ।  यो गीत तथा म्युजिक भिडियो लाई सफलताको शुभकामना ।

हेरौ यो भिडियो