किन रोइन पत्रकार सम्झना…

By प्रकाश धिताल     

केके छ डटकम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज १८

14593590_981198405359416_1807336657_nसम्झना पौडेल – ममि घरमा हुदाँ दसैं लाग्यो भनिन्थ्यो,नाचिन्थ्यो र उफ्रिन्थ्रे । मामा घर जान पाउने भनेर रमाइन्थ्योे । मामा घर ढिलो जानु पर्दा आशु खसाएको, मामा घर जाने भनी रुदै कराएको, बाबा ले बजार बाट नयाँ घाँगर ल्यैदिनु हुदाँ खुशिले नाचेको झलझलि आखाँमा छ । घर छेउ भानु उच्च माध्यामिक बिध्यालएको प्राङ्गढमा पिङ खेलेको याद आयो । दसैं आयो आयो भन्दै म आफू लाई त साथीहरु नहुँदा कति खल्लो लाग्यो त्यसको सय गुणा खल्लो हजुरहरुलाई पनि लाग्दो हो ।

। दुइ चार बर्ष अगाडी अगाडीका दसैंमा धेरै साथिहरु सँगै थिए । निकै रमाईलो हुन्थ्यो । दसैंमा गाउँमा भएको लठ्ठे पिङमा मच्चिनुको मज्जा अरुबेला कहाँ हुन्छ र । पिङमा नै झुण्डिरहन मन लाग्थ्यो । साथीभाईहरुसँग बसेर गेट–दुगेदर गर्दाको मज्जा बेग्लै हुन्थ्यो । दसैंमा बाबा र मामुले शक्तिस्वरूपा देवीको पूजा गर्नुहुन्थ्यने म नजिकै गएर टुलुटुलु हेरेर बस्ने गर्दथ्ये । त्यही शक्ति स्वरुपा उतार्दै बाबा र मामुसँग प्रार्थना गरेको याद आयो । हो यति बेला दसंैको रौनक काठमाण्डौंमा पनि लागि सकेको छ । दुर्गामाताको पूजा गर्नेहरू गल्ली र चोकमा राखिएका मूर्तिअघिल्तिर लाम लाग्न थालि सकेका छन् । जताततै गुञ्जिने मालश्री र भजन–कीर्तनले दसैं आगमनको संकेत गरिसकेको छ ।

दसैं त आयो तर मनमा नमिठो अनुभूति भैरहेको छ मनमा अनेकौ प्रश्नहरुले प्रतिप्रश्न गरिरहेका छन् । खै ती साथीसंगी अनि पिङ खेल्दाका दौंतरी! दसैंमा पिङ लगाएको, साथीहरु खै कहाँ छन् कहाँ ? कम्प्युटरको किबोर्ड चलाउँदा चलाउँदै समाचार वाचन गर्दा गर्दै मन भरी नमज्जा लाग्दो रहेछ । दुइ चार दिन भो खाना खान मन लागेको छैन । खाली गाउँघरको याद मात्रै पो आइरहन्छ । ममि बाबा हजुरहरुसँग भेट नभएको पनि महिनौं भइसक्यो तर फोनमा भने सधैजसो गफ भैरहदाँ पनि भेटेको र सँगै हुनुभएको जस्तो नहुदो रहेछ । त्यसमाथि बाबाले फोनमा पटक पटक घर कहिल्ले आउछौ छोरो छोरो भन्दै प्रश्न गरीरहनुहुदाँ जवाफ दिन गाह्रो पर्दो रहेछ ।

मामु हजुरको मायालु बोलिले छोरी चाडै आउनु भन्नुहुदा रात काट्नै गाहो्र हुदो रहेछ । दसैको बेलामात प्रत्यक रातहरु हजारौं वर्षजस्तो लाग्दो पो रहेछ । चाँडो बिदा मिलाएर आउनु है भनेर भनिरहनु हुदाँ जवाफ दिन निकै असहज हुदो रहेछ । हो मरो मनमा पनि एउटा अतृप्त इच्छा छ । आफूले पहिलो पाइला टेकेको जन्मस्थललाई स्पर्श गर्ने ! त्यो इच्छा यसपटक पूरा गर्न म हरसम्भव कोशिस गरीरहेछु । तर जन्मथलोको तरङ्ग यति चुम्बकिय हुँदोरहेछ कि कठिन भन्दा कठिन परिस्थितिमा पनि पाईलाहरु आफ्नै लयमा चल्दा रहेछन् ।
म आफू लाई त साथीहरु नहुँदा कति खल्लो लाग्यो त्यसको सय गुणा खल्लो हजुरहरुलाई लागेको छ मलाइ थाहा छ । हो राज्यको चौंथो अंग पत्रकार हामि ,हाम्रो पनि अनेकौे पीडाहरु हुन्छन् । नागरिकलाई हरबखत सूचना र जानकारी पस्किने काममा खटिरहदाँ घर जानै नपाइने जस्ता समस्याल धेरै पत्रकारहरुलाइ यस्तै चार्डपर्वमा बढि सताउने गर्दछ । हामि सधै धेरैका पीडा र कथाव्यथा पनि कोट्याई जनतालाइ पस्कन्छौं । तर हाम्रो पनि आफ्नै पीडा र व्यथा छ जुन स्वयं आफैलाइ बाहेक अरुलाई थाहा नहुँदो रहेछ ।
दिनरात, चाडपर्व र परिवारको चाहना केही नभई आफ्नो क्षेत्रमा खटिइ रहदाँ यो पालिको दशैमा घर जान नपाउने पो होकि भन्ने चिन्ताले मलाइ पनि पिरोल्न थालेको छ । पत्रकारको जिन्दगी धेरै पीडादायी छ तर आम जनताको माया र प्रेमले त्यो पीडा केहिहदसम्म कम गरेपनि घरको यादले भने औधि पिरोलिरहेको छ । न समयमा सुत्न पाइन्छ, न त खान नै पाइन्छ,जहिल्यै हतारको हतारमा काम गर्नुपर्ने त छदैछ दशैमा पनि देश यिनै समाज देशमा भएको खबरहरलाइ जनतामाझ पुराउनु पर्ने भएकाले यो बेलामात झन हामि खटनु पर्ने छ । जे जस्तो भएपनि यसरी नै चित्त बुझाउनु पर्ने भयो ।