युवा संगीतकार दिपक शर्मा गायन र मोडलिङ्मा

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज १८ 

he-barai

एक दशक भन्दा लामो समय देखि सांगितीक क्षेत्रमा क्रियाशिल चर्चित युवा संगीतकार दिपक शर्माले गायन र अभिनयमा पनि डेब्यु गरेका छन् । म्याग्दीमा जन्मेका कलाकार शर्मा गीतकार पनि हुन र गितको एरेञ्ज पनि गर्ने गर्छन । यसै गरि पछिल्लो समयमा आफ्नै स्वर, शब्द अनि संगीतमा रहेको लोक पप शैलीको “हे बरै ….” बोलको गीत सार्वजनिक भएको हो। हाईलाईट्स नेपालमार्फत सार्वजनिक गीतको म्युजिक भिडियोमा दिपक शर्मा  कै अभिनय देख्न सकिन्छ ।

म्यूजिक भिडियोमा हास्यटेलिश्रृंङखला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ सँग उनले अभिनय गरेका छन् । ‘गायन र अभिनयमा डेब्यु गरेका शर्माले रोमान्टिक शैलीको यो गीतमा लोक भजन र कौराको समिश्रण पाईन्छ भन्ने कुरा व्यक्त गरेका छन् ।

अनिल मानन्धरले छायांकन गरेको म्युजिक भिडियोलाई बसन्त सापकोटाले निर्देशन गरेका हुन् भने भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

भिडियोमा शर्माले केटिलाई मन परेको कुरा देखाउन खोजेका छन्  । काठमाडौंको ललितकला क्याम्पसबाट संगितमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका दिपक बिगत २०६० सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन  ।

हेरौ उनको यो म्युजिक भिडियो