वडादशैको अबसर पारेर चितवनको वार्ड नम्बर ६ मा सरसफाई कार्यक्रम सम्पन्न

By प्रकाश धिताल     

केके छ डटकम -परिवार – काठमाण्डौ – प्रकाश धिताल – असोज १७ 

14542716_1427835303900452_888844646_n

पुर्वि चितवन रत्ननगर नगरपालिका वाड नम्बर ६ मोहनामा हिन्दूहरूको महान पर्व वडादशैको अबसर पारेर आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको ग्रेडर सहयोगमा महोवन टोल र सितल टोल विकास संस्थामा पर्ने गणतान्त्रिक मार्गको छेउछाउमा सरसफाइ गरिएको छ । स्थानीय पत्रकार बिकास पौडेलको पहल र स्थानीय संस्था जनचेतना यूवा समूह को अग्रसरमा सरसफाई गरिएको हो ।

समुहले दशैको अबसर पारेर सदाको झै यस बर्ष पनि दशै विविध साँस्कृतिक कार्यक्रम तथा दुर्गा पुजा आर्धाना कार्यक्रम आज बाट शुरु गरेको छ । त्यस्तै यस बर्ष पनि संस्थाले सियोधागो प्रतियोगिता , सोलो साइकल प्रतियोगिता , बच्चाहरुलाई म्युजिकल चेयर , पुरुष र महिलाको छुट्टा छुट्टै म्याराथुन दौड , पिठोमा पैसा खोज्ने प्रतियोगिता , घैटो फुटाइ प्रतियोगिता , जेष्ठ नागरिक सम्मान कार्यक्रम र विशेष आकर्षण को रुपमा बिवाहित र अविवाहित पुरुषको फुटबल प्रतियोगिता हुने संस्थाका कोषाध्यक्ष शंकर पौडेलले जानकारी दिनु भएको छ ।