१४ औं “धर्मश्री” शारिरीक सुगठन प्रतियोगिता सेप्टेम्बर २९ र ३० मा हुने

By प्रकाश धिताल     

के के छ डट कम परिवार – काठमाण्डौ – असोज १२ 
14184571_829556350478834_21338325195113459_n
वच्छ समाजकोलागि स्वस्थ मानसिकता, स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर स्वस्थ शरिरका लागि शरीरिक व्यायाम भन्ने मान्यतालाई आत्मासात गर्दै सर्वसाधरण तथा भविष्यका कर्णधार युवा वर्गका शक्तिलाई शारीरिक रुपले जोशिलो बनाउदै दिगो विकासको निमित्त आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्येश्यले नेपालकै प्रथम जनस्तरीय व्यायामशालाको रुपमा वि.स. २०१० सालमा नेपाल व्यायाम मन्दिरको स्थापना भएको हो । आजको प्रतिस्पर्धात्मक युगमा कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न स्वस्थ शरीर र शारीरिक बनोटले महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । स्वस्थ, तन्दुरुस्त र आकर्षक शारीरिक बनोटका लागि नियमित शारीरिक व्यायाम अपरिहार्य छ । त्यसैले प्रतियोगिताको माध्यमबाट सर्वसाधारणलाई शारीरिक व्यायाम प्रति आकर्षित गरि नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्येश्यले राष्ट्र राष्ट्रियता र लोकतन्त्रको लागी आफ्नो अमुल्य जीवनको आहुती दिने अमर शहिद धर्मभक्त माथेमाको स्मृतीमा वि.स. २०४२ साल देखि आयोजना गर्दै आएको “धर्मश्री” प्रतियोगितालाई निरन्तरता दिन आगामी असोज १३ र १४ गते “चौधौं धर्मश्री” राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७३ को आयोजना गर्ने निर्णय भएको  नारायण प्रधानले बताउनु भयो ।करिब ४०० जना खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिताको प्रत्येक तौल समुहबाट २÷२ जना खेलाडीहरु छनौट गरिने छ । अन्य खेलको तुलनामा सरकारी तवरवाट उपेक्षित तर खेलको मेरुदण्डको रुपमा परिचित यस शारीरिक सुगठन खेलको प्रतियोगिता निरन्तर आयोजना गरी खेलाडीहरुको हौसला बढाई खेलाडीहरुलाई खेलप्रति समर्पित रहीरहन प्रोत्साहन गर्ने उद्येश्यले आयोजित यस चौधौ धर्मश्री र धर्मश्रीले नै आज नेपालमा शारीरिक सुगठन खेल क्षेत्रको विकास भएको राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७३ बारे प्रधानले संक्षिप्त जानकारी गराउन भयो  ।

“चौधौ धर्मश्री” अधिराज्यव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको कार्यक्रम :-

तौल समुह     : जम्मा तौल समुह (के.जि.मा ) ५५ ,६० , ६५, ७०, ७५ ,८०+८०

स्तर            : राष्ट्रिय

मिति           : २०७३ असोज १३ गते प्रि जजिङ्ग र १४ गते फाईनल ।

अनुमानित खेलाडी : ४०० जना ।

स्थान         :नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौं ।

नगद पुरस्कार (ओभर – अल)

धर्मश्री विजेता : रु. ५,००,०००।–

दोश्रो ” : रु. २,००,०००।–

तेश्रो ” : रु. १,००,०००।–

चौथों ” : रु. ८०,०००।–

पाँचौ ” : रु. ७५,०००।–

छैठौं ” : रु. ६०,०००।–

सातौं ” : रु. ५०,०००।

तौल समुहमा दोश्रो रु. २५,०००।– × ७ १,७५,०००।

तौल समुहमा तेश्रो रु. १५,०००।– × ७ १०,५,०००।

धर्मश्री को विजेता हरु :-

2042 पहिलो धर्म श्री टोली घटनाक्रम विजेता
2043 दोस्रो धर्म श्री टोली घटनाक्रम विजेता
2050 तेस्रो धर्म श्री रबिन्सन शाक्य (ललितपुर)
2053 चौथो धर्म श्री सागर Tamrakar (ललितपुर)
2055 पाँचौं धर्म श्री लाल बहादुर गुरुङ (पाल्पा)
2056 छैटौं धर्म श्री Jivan गिरी (भैरहवा)
2057 सातौँ धर्म श्री नरेश महर्जनले (काठमाडौं, नेपाल Byayam Mandir)
2058 आठौं धर्म श्री Harish श्रेष्ठ (महेन्द्र पुलिस क्लब)
2059 नवौँ धर्म श्री नरेश महर्जनले (काठमाडौं, नेपाल Byayam Mandir)
2060 दसऔं धर्म श्री Sanu गुरुङ ( नेपाल)
2061 एघारौं धर्म श्री Sanu गुरुङ (नेपाल)
2067 बाह्रौँ धर्म श्री Lokendra परियार (हङकङ)

2071 १३ औं धर्म श्री महेश्वर महर्जन (नेपाल)