दशैं गित “दशैं खर्च ” बजारमा सार्बजनिक

By प्रकाश धिताल     

के के छ डट कम परिवार – काठमाण्डौ – असोज १२ 

samirहिन्दुहरुको महान चार्ड दशैं र तिहार नजिकै आईसकेको छ ।दशैं तिहार लक्षित गरी बिभिन्न गीतहरु पनि बजारमा आईसकेका छन् र आउने क्रम जारी नै छ ।घर देखि बाहिर र देश देखि बाहिर हुनेहरु कतिपय घर आईसकेका छन् । साहुले तलब नदिएर वा बाटो खर्च नभएर बर्ष दिनको चार्ड मान्न घर आउन नपाउने हरु पनि प्रशस्तै छन् । यस्तै खर्च नभएर बर्ष दिनको चार्ड मान्न घर आउन नपाउने हरु को कहानि समेटेर तयार पारीएको गीत हो “दशैं खर्च ” ।

बडा दशैं तथा दिपावलिको शुभकामना सहित अमूल्य म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको यस गीतमा गायक प्रेम घिमिरे र गायिका दिलमाया बुढा ले स्वर दिएका छन्। लय र शब्द भने महेन्द्र बिश्वकर्मा ले बनाएका छन् । के पि भण्डारी को सहयोगमा दिपक चौहान प्रस्तुत कर्ता हुन् ।

सुरज र प्रमिला ले अभिनय रहेको भिडियोलाई अशोक बि क को निर्देशनमा रबिन न्यौपाने ले खिचेका छन् भने अमर दिप बि क ले सम्पादन गरेका छन् ।
हेरौ यो दशैं गित