‘घुम्दै फिर्दै’ बोलको दशैँ गीत सार्वजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज ११

dashian

दशैँ नजिकिदै गर्दा दशैंका गीतहरु बजारमा आउने क्रम निकै पनि बढ्दै गैरहेका छन् । सोहि क्रममा भर्खरै मेलिना राई, प्रताप लामा र मोहन मगरको सुमधुर आवाज रहेको दशैँ गीत ‘घुम्दै फिर्दै’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्बजनिक गितलाई ‘एम.आर क्रिएशन फेमिली’को समूहले सामुहिक रुपमा प्रस्तुति गरेका छन् भने रोशन बान्तावाले सो भिडियोको कोरियोग्राफ गरेका हुन ।

दशैँ गीत ‘घुम्दै फिर्दैमा शब्द बेद प्रसादको रहेको छ भने मोहन मगरको संगीत रहेको छ । घुम्दै फिर्दै फेरी दशैं र तिहार आएको भनेर भनेको यो गीत सुनेपछि दशैँ र तिहार नजिकिएको महसुस गराउदछ ।खिचेका हुन् भने । केदार धितालको निर्देशनमा बनेको भिडियो लाई अर्जुन तिवारीले छायाकन गरेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन ।

हेरौ यो दशैँ गीतको भिडियो