सुमन र अन्जु भन्छन छोराछोरी आफ्ना राम्रा भएपनि स्वास्नी चाहि अर्काको रे…

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – असोज १० 

14457284_10210426745205820_7106959325639734070_n

नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेका गायक सुमन श्रेष्ठले आफ्नो चौथो एल्बम पनि बजारमा ल्याउँदा सम्म श्रोताको राम्रै माया पाएका छन् ।
चौथो एल्बम ‘धागो चर्खाको’ बजारमा ल्याएका छन् । उक्त एल्बमको आइतबार काठमाण्डौमा सार्वजनिक गरिएको थियो ।

भव्य अनि सभ्य रुपमा आयोजना गरिएको भिडियो प्रिमियरमा नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्ती देखि पत्रकारहरुको बाक्लो उपस्थितीमा एल्बम लाई संगीतकार तथा गीतकार दीपक जंगम, संगीतकार टिका भण्डारीले सार्वजनिक गरेका थिए । एल्बम ल्याउन गाह्रो भएपनि आफू सधिया सांगीतिक क्षेत्रमा लागिरहने गायक सुमनले कार्यक्रममा बताए ।

यसै गरि गीतको भिडियो पनि तयार भैसकेको छ । भिडियोलाई केदार धितालले निर्देशन गरेका छन् र भिडियोमा मोडल किरण लाकौल, पूजना प्रधान, श्रेया कार्की, रचना लामा, करिश्मा, अमृत शाही ठकुरी, नीशा लगायतको फिचारिंग रहेको छ ।

गायक सुमन श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाज रहेको यो गीतमा वेद प्रसादको शब्द, सुर्य किरण लामाको संगीतरहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

छोराछोरी आफ्ना राम्रा भएपनि स्वास्नी अर्काको राम्रो हुन्छन भन्ने कुरालाई भिडियोको भिडियोमा देखाईएको छ भनेर  भिडियोका  निर्देशक केदार धितालले भिडियो प्रिमियरमा बताएका थिए अनि  भिडियो प्रिमियरमा पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताए ।

हेरौ यो भिडियो