अमेरिकामा छायाँकन गरिएको ‘सफर’ असोज १४ मा

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – असोज १० 
नेपाली फिल्म सफर असोज १४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारिमा रहेको छ । सम्पुर्ण छायाँकन अमेरिकामा गरिएको फिल्मको आज आईतबार राजधानिमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो । फरक शौलिमा गरिएको प्रेसमिट न कुनै होटेल मा गरियो न कुनै सिनेमा घरमा । फिल्मको पत्रकार सम्मेलम एक सवारी पार्किङ स्थलमा गरिएको थियो । फिल्मका नायक सन्जय गुप्ता र निर्देशक आशिस श्रेष्ठ मात्रै उपस्थित प्रेसमिट पनि केहि फरक ढङ्गले सम्पन्न भएको थियो । निर्देशक र नायकाका नजिकका मित्रहरुले दुई जनाको सफरको काहानी सुनाउदै पुराना दिनहरु याद दिलाएका थिए ।

नायिका नुर्जा श्रेष्ठले अमेरिका बाट नै आफ्नु दर्शकहरुलाई सन्देश पठाएकी थिइन । सन्देशमा उनले आफु नेपाल आउन नपाएकोमा नरमाईलो लागेको र आफुले फिल्ममा निकै मिहेनत गरेको र सबैले मनपराउने आशा समेत ब्यक्त गरेकी थिईन । आयोजित पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर, डाइलग प्रोमो र एउटा गीतको भिडियो देखाईएको थियो । युवा फिल्म्सको ब्यानरमा बनेको सफरमा केशब खडकाको लेखन तथा निर्माण रहेको छ । फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिबिर पोख्रेल ,नुर्जा श्रेष्ठा लगायतका कलाकारको अभिनय रहेको छ ।