रामचन्द्र अनि जुनुको ‘थाहा भए जुनसरी’ सार्वजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ –  असोज ०७  

vvगीतकार तथा कवि कृष्ण बहादुर थापा क्षेत्रीको एल्बम ‘शब्दसागर’मा समावेश ‘थाहा भए जुनसरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको स्वर रहेको गीतमा सम्राट थापाले संगीत भर्नुभएको छ ।

भावनाका रंगहरु कविता तथा मुक्तक संग्रह प्रकाशित गरिसक्नु भएका गीतकार तथा कवि कृष्ण बहादुर थापा क्षेत्रीको यो गीत एफ.एम तथा रेडियोमा श्रोताहरुले निकै नै मन पराउनु भएको छ ।

निर्देशक दिलिप समनको निर्देशन तथा छायांकनमा बनेको उक्त भिडियोमा ज्ञानु र दीप को फिचरिंग लाइ देख्न सकिने छ ।भिडियोलाई म्युजिक हाईलाईटले सम्पादन गरेको छ l भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

भिडियो हेरौ