सनम लाई कस्ले दियो हजार चोट (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ –  असोज ०७  

naचर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको हजार चोट बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समयका व्यस्त मोडेल सनम कठायतको उत्कृस्ट अभिनयमा म्युजिक भिडियो तयार भएको हो ।

गीतमा दिपक थापाको शब्द रहेको छ ।अहिलेका व्यस्त अनि चर्चित गीतकार तथा संगीतकार राज कुमार बगरको उक्त गीतमा संगीत रहेको छ । भिडियोमा सनम लाई कुसुम र निलमले साथ दिएका छन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन अनि उत्सब दाहालको छायांकन संगै दाहाल जनक सिंहको निर्देशन रहेको छ ।

भिडियो हेरौ