आर्जनले केकी लाई भने “तिम्रो मायामा म हराए” (भिडियो सहित)

By प्रकाश धिताल     

के के छ डट कम परिवार – काठमाण्डौ – असोज ०७ 

नेपाली सांगीतिक आकाशमा एउटा छुटै पहिचान बनाइ, निरन्तर उत्कृष्ट गीतहरु नेपाली दर्शक माझ पस्कन सफल भएका गायक आर्जन पाण्डे फेरी पनि एउटा चर्चाको बिषय बन्न पुगेका छन् । गायक आर्जन पाण्डेले आफ्नो सांगीतिक यात्रा “ओइलिएर झर्न दिन्” बोलको गितबाट आफ्नो यात्रा सुरु गरेका थिए भने सोहि गित युट्युबमा निकै नै भाइरल भन्न सफल भएको थियो । जसमा केकी अधिकारीले आफ्नो दमदार प्रस्तुति दिएकी थिइन् ।

आफ्नो हरेक भिडियोमा लगातार एउटै अभिनेत्री दोहोराउनु भनेको यी दुई बीच केहि प्रेमको गुपचुप चलिरहेको संकेत गर्न सकिन्छ । सुरु बाट नै आर्जनले केकिलाई आफ्नो हरेक भिडियोमा राखेका थिए र फेरी पनि आफ्नो नयाँ गित “तिम्रो मायामा हराए” बोलको भिडियोमा राखेका छन् ।
उक्त गीतमा केकीको साथमा आफुले पनि अभिनय गरेका छन् भने सोहि गीतमा शब्द/संगीत कमल खत्री तथा संगीत संयोजन मोहित मुनालको रहेको छ । बिशाल भण्डारीको निर्देशनमा बनेको म्यूजीक भिडियोमा अर्जुन तिवारीले छायांकन भने निसान घिमिरेले सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो