“पिए त पिए’ भन्दै कति पिउदैछन् गायक स्वरूपराज आचार्य (भिडियो सहित )

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – असोज ०५

म्युजिक हाईलाईटको प्रस्तुतिमा शब्दकार पारसमणी बरालको एकल शब्द रहेको एल्बम ‘पारसमणी’ बाट ‘पिए त पिए कति नै पिए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एल्बममा संगीतकार शक्ति बल्लभको पनि एकल संगीत रहेको छ । शक्ति बल्लभको संगीत तथा मनोहर सुनामको संगीत संयोजन रहेको यस गीतमा स्वरूपराज आचार्यको आवाज सुन्न सकिन्छ । बिक्रम दाहालको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा सरोज र क्रिस्टिना फिचरिंग छन् l भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गरेका छन् l उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

भिडियो हेर्नुहोस्: