गायक तथा संगीतकार चिरन्जीबि पार्श्व गायनमा धमाकेदार इन्ट्री मार्दै

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – असोज ०५ 

14348754_1804894836317258_541562712_n फिल्म रेलिमाईको गीत चट्टै मुटु काटेर र सान्नानी एल्बमको सान्नानी गीत बाट चर्चा कमाएका गायक/संगीतकार चिरन्जीबि भन्डारी पछिल्लो समय चर्चामा छन । निरन्तर सांगेतिक क्षेत्रमा लागी परेका उनि संगीतलाई सरस्वति मान्दछन । उनले गाउने गीत पृथक टाईपका हुने गर्छन। जस्तै ऐले उन को गीत चट्टै मुटु काटेर।र सान्नानी निकै नै चर्चामा छ भने उनले संगीत गरेका गीतहरू पनी त्यति कै मिठास पुर्ण छन्

उनले नै संगीत गरेको जति नजिक र समझेर फेरी बोलको गीत गायक द्वय शिब परियार र प्रमोद खरेलले गाएका पनि छाने छन भने उनकै संगीत उनकै आवाजमा रहेको खालि आफ्नै मनमानी बोलको गीतको म्युजिक भिडियोले राम्रै चर्चा कमाएको छ ।रेलिमाई फिल्म पार्श्व गायनमा उनको धमाकेदार ईन्ट्री भएको थियो र अहिले रेलिमाई फिल्म कोरियामा भब्य प्रदर्शन भएको छ । समग्रमा भन्नुपर्दा यो 2073 साल उनलाई फापेकोहुनाले उनले गाएका अन्य फिल्महरू सुटिङको क्रममा छन त्यसैले त उनि सांगेतिक कार्यकर्ममा पनी धेरै देखा पर्ने गर्दछन । उनि भन्छन दंशै र तिहारमा प्रोग्रामाहरुमा ब्यस्त हुनेछु ।