“यसपटक बिमलराज क्षेत्रीको उपाध्यक्ष मा उम्मेद्बारी “

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – असोज ०४ 

नेपाली लोक संगीतका एक धरोहर गीत संगीत लाई नै जीवन सम्झियका साँगीतीक क्षेत्रकै लागी आफुलाइ समर्पीत गरेका विगत २ दशक देखी गीत संगीतको क्षेत्रमा कृयाशील आफ्नो जिवन को अधिंकास समय लोकगीत संगीतको श्रीबृद्धीका लागि समर्पीत गर्दै आइरहेका गायक एंव सर्जक हुन बिमल राज क्षेत्री । हालसम्म ३५० बढी गीतहरूमा आफ्नो लय शव्द सिर्जना साथै स्वर दिइसकेका क्षेत्रीका अधिकांश गीतहरू मा नेपाली लोक संस्कृती झल्कियोस र परम्पराको सम्मान होस भनेर यथासक्य कोशिस गरिरहने गरेको बताउछन । यस अघिनै “लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपाल” को स्थापना काल देखिनै प्रतिस्ठानको संस्थापक केन्द्रीय सदस्य भई, प्रतिस्ठानको केन्द्रिय सचीव, हुँदै दिर्तिय उपाध्यक्षको हैसियत मा रहेर समेत आफ्नो कार्य भार सम्हालिसकेका बिमलराज क्षेत्री ।

यहि असोज ८,९ र१० गते राजधानी काठमाडौ मा हुन गहिरहेको रास्ट्रीय लोकतथा दोहोरी गीत प्रतिस्ठान नेपाल को छैटौं महाधिवेशन मा वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेद्बारी दियका छ्न । यसै विषय लाई लियर बिमल राज क्षेत्री भन्छन् ” मैले मेरो खुवि ले भ्याएसम्म नेपाली लोक संस्कृतीको जगेर्नाको लागी काम गरें । र गरिरहेकै छु ,गर्ने छु सस्था सग आबद्ध भएपछि पनि मेरो उदेश्य सदा सर्बदा नेपाली मौलिक संस्कृति लोकदोहोरी बिधा को श्रीबृद्धी कै लागि आफुलाइ समर्पित गर्ने छु जसरी मलाई अत्याधिक मतका साथ बिगत मा द्वितीय उपाध्यक्ष पदको लागि जिताउनुभएको थियो त्यसरीनै यो पटक वरिष्ठ उपाध्यक्ष पदमा जिताउनुहुनेछ भन्ने पुर्ण विश्वास का साथ वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेको छु ।