श्रीकृष्ण बम मल्ल द्वारा निर्देशित पहिलो म्युजिक भिडियो भिडियो सहित

By प्रकाश धिताल     

 केके छ डट कम परिवार – काठमाण्डौ – असोज ०३ 

13418872_1066745150082152_7614334295684285257_n

लामो समय देखि नेपाली गित संगीतमा क्रियासिल चर्चित गीतकार तथा संगीतकार श्रीकृष्ण बम मल्ल द्वारा निर्देशित “छट्पटिमा छोड्नु भन्दा ढलायर जाउ” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ | गित संगीतका विभिन्न विधामा हातहालिसकेका मल्ल आफुले पनि उक्त म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् छन् | निकै नै प्रतिभाशाली संगीतकर्मी श्रीकृष्ण बम मल्लको यो गीतमा आफ्नै संगीत पनि रहेको छ ।

deepashaa

दिपाशा छेत्रीको शब्द रचनालाई सुमधुर संगीतमा ढालेर प्रमोद खरेलको स्वरमा स्वरबद्ध गरिएको “छट्पटिमा छोड्नु भन्दा ढलाएर जाउ”बोलको गीतमा बिछोडका पिडा पोखिएको देख्न पाइन्छ | यो गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ भने आर . एस . डिजिटल प्रा . लि .को उत्पादन बितरण रहेको एल्बम “दिपाशा”मा संग्रहित उक्त गीतको भिडियोमा सनम र दिपाशाको अभिनय रहेको छ । भिडियो लाई ज्ञानेन्द्र शर्माले खिचेका छन् भने टेकेन्द्र साहले सम्पादन गरेका हुन्।

हेरौ यो भिडियो