सहयोगीहातहरु नेपालको आयोजनामा असाय, अपाङग,अनाथ व्यक्तीलाई एक छाक खान खुवाउने अभियान सम्पन्न

By प्रकाश धिताल     

केके छ डट कम परिवार- काठमाण्डौ  कृष्ण ओझा – बैनिया- असोज १  

14384071_992684534177554_1830095124_n फर्जि खर्च गर्ने हातहरु भन्दा सेवा गर्ने हातहरु सम्भवत महान हुन्छन भन्ने उद्देश्यका साथ असायका लागी सहयोगीहातहरु नेपालले आज कैलालीको सुखड देखि चिसापानी सम्म हाइवे क्षेत्रमा रहेका असाय, अपाङग,अनाथ व्यक्तीलाई एक छाक खान खुवाउने अभियान सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बल बहादुर विष्टले सुखडबाट सञ्चालन गरी चिसापानी सम्म पहिलो चरणमा एक छाक खाना खुवाउने अधियान थालेको बताउनु भयो ।

खाना खुवाउने अभियानमा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी सहायक निरिक्षक पदम प्रकाश बोहराले ४ जना असाय लाई खाना खुवाएर उद्घाटन गरेका थिए । असायका लागी सहयोगीहातहरु नेपालका महासचिव चक्र कार्कीले जसको कोही हुदैन र जसको भएर पनि वय वृद्ध भए पछि घर बाट निकालीने गरेका असाय हरुलाई यस संस्थाले एक छाक भए पनि खाना खुवाउने अभियान थालेको बताउनु भयो । सुखड बाट चिसापानी सम्म करीब १० जना असाय,अपाङग र अनाथलाई खाना खुवाएको वरिष्ट उपाध्यक्ष हरी कमल ढुङगानाले जानकारी दिनु भएको छ । साथै उक्त कार्यका लागी राधेश्याम विद्या मन्दिरले स्कुल बस यातायातका लागी सहयोग गरेको थियो ।