झरना बिना जयको मन पागल बन्दै “अाई सम्झाइदेउ” ( भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार  – काठमाण्डौ – भाद्र  ३१ 

14365417_1412193422131307_952079773_nनेपाली गीत संगीतका पारखिहरुका लागि चर्चित गायक स्वरुप राज आचार्य को सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । ‘अाई सम्झाइदेउ ’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा झरना र जयको जोडदार अभिनय देख्न पाइन्छ । राजेन्द्र सलभको निकै उत्कृष्ट मन छुने शब्द रहेको उक्त गीतमा संगीत राजिव शाहिको रहेको छ ।

जिवन शाहिको निर्देशन रहेको उक्त भिडियो को सम्पादन अर्जुन पोख्रेल ले गरेका छन् । जीवनमा प्रेम को आबस्यक र प्रेम भए पछि यो मुटुलाई तिमीले नै सम्झाउनु पर्छ तिमी बिना मलाई बाच्न गारो छ भन्ने कथा बस्तुलाई जय र झरनाको को माध्यम बाट भिडियो मा उतार्न सफल भएका छन् निर्देशक शाहि । उक्त भिडियोलाई PNP मिडिया हाउस ले बजार मा ल्याएको हो ।

हेरौ भिडियो