काठमाडौँ बर्नहार्ट अन्तर सिएसआइटी कलेज स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि समृद्धि कलेज,भक्तपुरलाई

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – भाद्र २९ 

14341510_1242878355757495_950065601_nकाठमाडौँ बर्नहार्ट कलेजको आयोजनामा सम्पन्न काठमाडौँ बर्नहार्ट अन्तर सिएसआइटी कलेज स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि समृद्धि कलेज लोकन्थली,भक्तपुरले जितेको छ ।

काठमाडौँ उपत्यकाका पन्ध्र र उपत्यका बाहीरको एक गरि सोह्रवटा सिएसआईटी कलेजहरुबिचको प्रतिस्पर्धाबाट समृद्धि कलेज लोकन्थली,भक्तपुर प्रथम, न्यु समिट कलेज,पुरानो बानेश्वर,काठमाडौँ द्वितिय, क्याथफोर्ड ईन्टरनेशनल कलेज बालकुमारी,ललितपुर तृतिय र सामाजिक कलेज,लोकन्थली,भक्तपुर चतुर्थ भएका छन । कार्यक्रममा प्रथम, द्वितिय, तृतिय र चतुर्थ टोलीलाई आकर्षक शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको कलेजका प्रशासनीक निर्देशक रामचन्द्र थापाले जानकारी दिएका छन ।

काठमाडौँ बर्नहार्ट कलेज,बाफलमा सम्पन्न सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रविधी अध्ययन संस्थानका डिन प्रोफेसर डाक्टर राम प्रसाद खतीवडाले यस्ता खालका कार्यक्रमले बिद्यार्थीको बहुआयामीक बिकासमा जोड दिने बताउनुभयो । साथै उहाँले देशको बिकासमा सिएसआईटी पढीरहेका बिद्यार्थीको अहम भुमिका रहने हुनाले सो भुमिका निर्वाह गर्न बिद्यार्थीहरुले परिक्षा मात्र पास हुने किसिमको धारणा मनमा राख्न नहुनेमा जोड दिनुभयो ।