नेपाली कलाकार समूह यु ए इ क्षेत्रीय समिति सार्जाले आफ्नो पहिलो बार्षिक उत्सब फुजेरा र ओमनको बडर मधामा भब्य रुपले मनायो

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – भाद्र २९ 

14331516_721592421313439_1913736028_nनेपाली कलाकार समूह NAG ले भब्यताका साथ एक बर्ष पार गरेको छ। गत साल 2015.9.12 तारिका दिन यो सस्थाको स्थापना भयको थियो । नेपाली कलाकार समूह NAG को उद्घाटन नेपाली सिने जगतका चर्चित नायक आर्यन सिग्देलले उद्घाटन गरेका थिए । सोही कार्यक्रममा चर्चित नायिका रेखा थापा, आर्यन सिक्देल, आधुनिक गाएक पुरुषोत्तम रिजाल, चर्चित हास्यकलाकार डिठ्ठा साब, मुनु मैच्याङ, लोक गायिका मिना अधिकारी को बिजोड पस्तुती रहेको थियो । NAG नेपाली कलाकार समूहलाई केन्द्रिय अध्यक्षको जिम्बेबारी बिष्णु अधिकारिले गरेका थिए, सोही स्थामा सदस्य सहित १७ जना पदादिकारी हरु चयन गरियको थियो ।

NAG एक बिसुद्ध कलाकारहरुको एक सस्था हो, लुकेर रहेका प्रतिभलाई उजागर गर्ने उदेश्यले यस सस्थाको स्थापना भएको हो ! स्थापना काल देखिनै NAG ले बिभिन्न्न सस्कृती कार्यक्रम र समस्यामा परेका नेपाली हरुको सहयात्रा बन्दै आएको छ । स्थापना भएको ३ हप्तामा क्षेत्रिय समिती गठन गर्न NAG केन्द्रिय समिती फुजेहरा यु.ए.ई डिब्बा पुगेर आफ्नो क्षेत्रिय समिती गठन गर्यो र त्यहाँ एक भब्य पिक्निक आयोजना गरे लगत्तै रुद्र बचाउ अभियान सुरु गरि केही आर्थिक सङ्कल गरि सहयोग गरेको थियो । त्यस लगत्तै ३ महिना पछि यु.ए.ईको दुबै मा क्षेत्रिय समिती गठन गर्यो ! र एक स्वागत कार्यक्रम गर्न सफल भयो सोही कार्यक्रम मा नेपाली सिने जगतका चर्चित नायक भुबन के.शि र अनमोल के.शिको पस्तुती रहेको थियो। नेपाली कलाकार समुहले नयाँ लाई छुट्टै उस्साहा दिदै र नयाँ कलाकार को आगमन पनि गर्दै आएको छ प्रतिभा भएर पनि गुमनाम भएका कला प्रेमीहरुलाई साथ र सहयोग गर्दै आएको छ ।

नेपाली नयाँ बर्ष मा NAG ले एक कार्यक्रम गर्यो सोही कार्यक्रम मा नेपाल देखि लोक गायक पुरुषोत्तम पौडेल, र आधुनिक गायिका अनु ढकाललाई बिदेशको पहिलो कार्यक्रममा सहभागी गराउदै आफ्नो कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गर्यो । लगत्तै NAG ले यु.ए.ई सारजाहामा क्षेत्रिय समिती गठन गर्यो  र गठन लगतै एक कार्यक्रमको आयोजना गर्यो सोही कार्यक्रममा चर्चित गायक तथा नायक प्रशान्त तामाङ्गको प्रस्तुतिमा भब्य कार्यक्रम सम्पन्न गर्न सफल भयो । विभिन्न ठाउमा समिती गठन गर्दै आएको छ र अब कतारमा पनि क्षेत्रिय समिती गठन गर्ने तयारिमा छ।

पहिलो बर्सिक उत्सब यु ए इ का सम्पुण प्रान्त मा छरिएर रहेका नेपाली हरु लाई समेटी इस्लामिक धर्मालम्बी इद को अबसर पारेर आफ्नो बार्षिक उत्सब पिकनिक सहित केक काटेर कार्यक्रम भब्य रुपले मनायो । सो कार्यक्रम नेपाली कलाकार समूह क्षत्रिय समिति सार्जा कि अध्यक्ष गोमा पाण्डे अर्याल को सभापतित्व रहेको थियो भने कलाकार समूह दुबाई को पनि उपस्थिति थियो कार्यकमको स्वागत मन्तब्य सस्थाका संरक्षक रतन थापा ले दिनु भए को थियो ।

सो कार्यक्रममा दुबाईका विभिन्न सघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो साथै स्थानीय कलाकार हरु को पनि उपस्थिति थियो र कलाकार हरि डुम्रे ले आफ्नो कला प्रस्तुत गर्नु भएको थियो भने गोर्खा ब्याण्ड ले पनि आफ्नो प्रस्तुति गरेको थियो र सम्पुण ले नाच गान गरि भब्य रुप का साथ मनोरंजन सहित पिकनिक कार्यक्रम सफल भएको र आगामी दिन हरुमा पनि सम्पूर्ण यु ए इ बासी नेपाली हरु ले आफ्नो कला सस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले नेपाली सम्पूर्ण नेपालि एकजुट भइ अगाडी बढ्ने सस्थाका महा सचिब बिष्णु पाण्डे ले जानकारी दिनु भयो ।

अब आउने दिनहरुमा कार्यक्रम अनि खेलकुद कार्यक्रम र अन्य नयाँ कार्यक्रम हरु गरिने छ र छिट्टै कतारमा क्षेत्रिय समिती खोलिने छ । NAG संरक्षक तथा समाजसेबी रतन थापाले हालैमा मरिना नामक फिलिम चलचित्र निर्माणमा जुटेको जनाएका छन ।  नयाँ कलाकर्मी लाई सोही फिलिममा एक अबसर दिएका छन , मरिना फिलिम अहिले नेपाली मिडियामा व्यापक भै रहेको सबैमा जानाकारी नै छ ! अडियो गित संगीत चर्चित भए पनि कहिले सुटिङ्ग मा जाने भन्ने पक्का भएको छैन ।  आगामी दसै तिहार र नयाँ बर्षमा NAG ले बेजोड  प्रस्तुति गर्ने छ।