बौनिया जेसिज वर्ष २०१६ को सप्ताह व्यापी कार्यक्रम सम्पन्न

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ –  कृष्ण ओझा -बौनिया – भाद्र २७
14365386_989375917841749_1675025663_n

बौनिया जेसिज वर्ष २०१६ को २५ गते देखि सञ्चालन भएको सप्ताह व्यापी कार्यक्रम आज सम्पन्न भएको छ । वर्ष २०१६ का अध्यक्ष जेसि शिवराज कुवरको सभापतीत्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०१६ का राष्ट्रिय उपाध्यक्ष जेसि विनोद सुवेदी रहनु भएको कार्यक्रममा विशिष्ट अतिथि टिकापुर जेसिज वर्ष २०१६ का अध्यक्ष पकाश शाह र लम्की महिला जेसिजकी संस्थापक अध्यक्ष जेसि शुशिला शाही रहनु भएको थियो ।
कार्यक्रममा अछाम जेसिज,धनगढी जेसिज,अत्तरीया जेसिज,जोसिपुर जेसिज,लम्की जेसिज ,लम्की महिला जेसिज,टिकापुर जेसिज लगाएत राजनितिक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि,युवा क्लबका प्रतिनिधि, सुरक्षा निकाय का प्रथिनिधि लगाएत आम बजार बासीको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा जेसिज सप्ताह मा विभिन्न प्रतियोगीतामा सहभागी अथितिहरुलाई मायाको चिनो समेत प्रदान गरीएको थियो । स्लो मोटर साईकल दौड प्रतियोगितामा प्रथम स्थान हासील गर्नुभएका बौनियाका व्यापारी रंग रोकायालाई नगद सहित प्रमाण पत्र प्रदान गरीएको थियो ।
उक्त कार्यक्रममा असायका लागी सहयोगीहातहरु नेपालका अध्यक्षले शुभकामना मन्तव्य राख्नु भएको थियो । वर्ष २०१६का प्रथम कार्यकारणी उपाध्यक्ष जेसि गणेश प्रसाद जोसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वर्ष २०१६का अध्यक्ष सल्लाहाकार जेसि हरी प्रसाद अधिकारीले गर्नु भएको थियो ।