कला र गला मार्फत समाजसेवामा ग्लोबल पाठशालाका कलिला हात र पाइलाहरु

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – हरिस डी सी भक्तपुर – भाद्र २७ 
img_2361 आफ्नो कला र गला मार्फत समाजसेवाको अभियानमा जुटेका ग्लोबल पाठशालाका विद्यार्थीहरुले एकै दिन दुई चरणमा पाँच वटा नाटक मञ्चन गरेका छन् । सोमबार मण्डला थिएटरमा समाजसेवाका लागि नाटक भन्ने नारा सहित आयोजित दोस्रो नाटक प्रदर्शन २०७३ मा विद्यार्थीहरुले समाजिक चेतना देखि मानविय समबेदना बोकेका गोल्डीलक्स एण्ड थ्री वियरर्स, वीजार्ड अफ ओज र उजेली नामक नाटक मञ्चन गरेका हुन् ।
एकाविहानैबाट देशका अन्य ठाउँहरुमा झै काठमाण्डौँ उपत्यकामा पनि झरि परेपनि विद्यार्थीहरुको कला हेर्न तथा उनीहरुलाई प्रोत्साहन दिन झरीको प्रवाह नगरिकन उपत्यकाका विभिन्न क्षेत्रबाट आएका दर्शकहहरु उनीहरुको प्रतिभा देखेर चकित पर्नुका साथै उत्कृष्ट अभिनय गरेकोमा दिल खोलेर प्रशंसा परेका थिए । एउटै कुर्सिमा झण्डै दुई घण्टा विताउदा पनि दर्शकहरुको ध्यान मञ्चमा प्रस्तुत अभिनय भन्दा दायाँवायाँ गएन ।
img_2547

नाटक मञ्चनको मुख्य उदेश्य समाजसेवा गर्ने रहेको बताउँदै वीजार्ड अफ ओज नाटकको मुख्य पात्र डोरर्थीको रुपमा अभिनय गरेकी कक्षा ९ की छात्रा समृद्धि राईले तव वर्ष झै यस वर्षपनि नाटकबाट उठेको पैसा समाजसेवामा खर्च गर्ने बताइन । उनले भनिन ः गत वर्ष आयोजित पहिलो नाटक प्रदर्शनबाट संकलित रकमबाट ऊँ बृद्धाश्रमका बृद्धबृद्धालाई सहयोग गरेका थियौँ र यसपालि पनि संकलित रकम समाजसेवाकालागि खर्च गर्ने छौ ।
img_2925

विद्यार्थीहरुको चौतर्फी बिकासका लागि विद्यालयले तर्जुमा गरेको बार्षिक कार्यक्रम अन्तगत मञ्चनीय विधा नाटक प्रदर्शन गरिएको विद्यालयका संयोजक हरीश डिसीले जानकारी दिए । विद्यालयकै नियमीत कार्यक्रम अन्तर्गत नै नाटक मञ्चन गरिएको भएपनि विद्यार्थीहरुमा सानैदेखि सेवाभाव जागृत गर्न र समूहमा मिलेर काम गर्ने बानिको बिकास गर्न तथा विद्यार्थीहरुको रुची अनुसार उनीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराउन यसले निकै टेवा पुर्याएको विद्यालयकी प्रधानाध्यापक दिला शाक्यले जानकारी दिइन ।