युरोपकै ठूलो पर्यटन मेलामा नेपाली पर्यटन

By प्रकाश धिताल     

नेदरल्याण्ड्स। नेदरल्याण्ड्सको युत्रेक शहरमा सम्पन्न पर्यटन मेलामा नेपालको पर्यटन सम्बन्धमा विशेष प्रस्तुति भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीआर्इ र अन्य संघसंस्थाहरुले सहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भूकम्प पश्चात पर्यटन क्षेत्रलाई पुर्नस्थापना गर्नका लागि उक्त विशाल कार्यक्रममा नेपाल सम्बन्धी विशेष जानकारी, सूचना, वृतचित्रहरु प्रदर्शन गरिएको छ । युरोपमा नै ठूलो मानिने पर्यटन मेलामा नेपालको भाषा, संस्कृतिक तथा भेषभुषाको प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालले एक स्टल लिएर नेदरल्याण्ड्स लगायत युरोपेली नागरिकहरुलाई नेपाल भम्रण गर्न र सुरक्षित रहेको तथा मुख्य पर्यटकीय क्षेत्रहरुको बारेमा मनग्य जानकारीहरु दिइएको थियो ।