सन्तुष्टि प्राप्तिका लागि स्काउटमा लागें शिवराम

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – सुदर्शन बजगाई – भाद्र २६

14169501_1267148533304550_1476960694_n

जीवन आफ्नाको लागि होइन अरुका लागि , समाजको लागि र देशको लागि भनेर लाग्ने कमै मान्छे मध्यका एक मुर्धन्य ब्यक्ती हुन शिवराम अर्याल । नेपाल स्काउटमा ३२ वर्ष अनवरत रुपमा दिन रात भोक प्यास नभनी सेवा गर्ने शिवराम अर्याललाई स्काउटहरु स्काउट्का जिवित वेडेन पावेल भनेर चिन्छन । नेपाल स्काउट जिल्ला साखा काठमाडौका समन्वय आयुक्त, ककनी तालिम केन्द्रका प्रवर्द्धन समिति संयोजक एवम आशा ओपन स्काउट क्र्युका उपाध्यक्ष रहेका स्काउट माझ चर्चित कुमारीगालमा बसोबास गर्ने शिवराम अर्यालसंग संचारकर्मी सुदर्शन बजगाईले kkchha.com का लागि गरेको संक्षिप्त कुराकानी

सन्चै हुनुहुन्छ  ?
अहिले सम्म भग्वानको कृपाले ठिक छु ।

कति सालदेखी स्काउटमा लाग्नु भयो ?
म २०४२ सालदेखी स्काउटमा प्रवेस गरें ।

के पाईन्छ भनेर लाग्नु भयो स्काउटमा ?
म केही पाउँछु भन्दापनि सन्तुष्ठी प्राप्त गर्नको लागि स्काउटिङ क्षेत्रमा प्रवेस् गरेको हुँ ।

के देखेर लाग्नु भयो स्काउटमा ?
म स्काउटमा लाग्नु भन्दा पहिला विभिन्न संघ संस्थामा रहेर सामाजिक अभियानमा सरिक हुन्थें । स्काउटमा भएको सेवामुखी भावना,अनुशासन,गतिशीलता,चारित्र बिकासको कार्यक्रम र विभिन्न जीवन उपयोगी सीप पाइने रहेछ भन्ने थाहा भयो र त्यो थाहा हुने बित्तिकै स्काउटिङ दुनियाँमा प्रवेश गरें ।

धेरै वर्ष सेवा गर्नु भयो कस्तो लाग्छ ? संतुष्ट हुनुहुन्छ  ?
म स्काउटकै कारण आज जे छु त्यसमा सन्तुष्ट छु । भोक प्यास नभनी मेला पर्व समारोहमा सेवा गर्ने अवसर जुन कोही संस्थाबाट प्राप्त गर्न सकिन्न । आफू खटेर अरुको अनुहार्मा खुसी ल्याउनु र समाजमा भएका गलत अभ्यास हटाउन विभिन्न जनचेतनामूलक अभियान संचालन गर्न पाउँदा एकदमै खुसीको अनुभूति हुन्छ ।अझ विभिन्न उमेर समुहका युवा युवतीलाई नेतृत्व बिकास गराएर रास्ट्रलाई जिम्मेवार नागरिक उत्पादन गरेर स्द्वा गर्न पाउँदा खुसी लाग्छ ।

जिवनमा स्काउटमा लागेर गर्नु भएको राम्रा कार्यहरु के के हुन ?
मेला पर्वमा गएर सेवा गरेको , भुकम्पको बेलामा करोडौँको राहत बाडेर अस्थाई टहरा मिर्माण गरेर भुकम्प पीडितलाई सुम्पेको र मेरो नेतृत्वमा बिगत १५ वर्श देखी १५० भन्दा बढी आँखा शिविर संचालन गरेर हजारौंलाई सेवा दिएको कुराहरु मैले गरेको राम्रा कामहरु हुन ।

अन्त्यमा के भन्न चाहनुहुन्छ हुन्छ नेपाली युवाहरुलाई ?
कर्म गरौ फलको आशा नगरौं । जिवन आफ्ना लागी मात्र होइन समाज र रस्ट्रको लागी पनी हो,हामी सबै मिलेर सुन्दर समृद्धि समाज निर्माणमा हातेमालो गरेर लागौ जुटौ र नेपाललाई शान्त र सम्पन्न रास्ट्र बनाउँ र समाजमा योगदान दिन चाहानुहुन्छ भने स्काउटमा स्वागत छ ।