फेसबुकले अाफ्नाे ब्राउजर ल्याउँदै

By प्रकाश धिताल     

फेसबुकले आफ्नो मोबाइल एपलाई अझ युजरफ्रेन्ड्ली बनाउँदै गएको छ। त्यसका लागि उसले विशेष ब्राउजिङ सिस्टम ल्याउने तयारी गरिरहेको छ। तत्काललाई मोबाइल एपका लागि उपयोग गरिने सो ब्राउजरको टेस्ट भइरहेको छ।

फेसबुकले आफ्नो एपलाई पनि व्यापक सुधार गर्दैै लगेको छ। फेसबुक चलाइरहेका बेला कुनै अर्को वेब पेजमा जानु परेमा एपमा दिएको युआरएल बक्समा वेबसाइट ठेगाना लेखेर जान सकिनेछ। त्यसपछि तपाइँ सिधै सो वेब पेजमा पुग्नुहुनेछ। यो फिचरमा अन्य कतिपय विकल्प समेत हुनेछन्। तीमध्ये बुकमार्क तथा फरवार्ड बटन छन्। यो बाहेक तपाइँले खोलेको वेब पेज फेसबुकमा कति लोकप्रिय छ भन्ने कुरा पनि एपले नै देखाइदिनेछ।