बौनिया जेसिजको सप्ताह आज तेश्रो , चौथो तथा पाचौ दिनका कार्यक्रम सम्पन्न

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – पदम ओझा बौनिया भाद्र २६
14341402_987571321355542_1564383786_n

शासन व्यक्तीको होइन विधिको हुनुपर्छ भन्ने नारा सहित बौनिया जेसिजको हिजोबाट २०१६ को जेसिज सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ । हिजो दूइवटा कार्यक्रम भएका थिए । यसै गरी आज तेश्रो दिनमा इलाका प्रहरी कार्यालय बौनियाको हाता भित्र वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।
वृक्षारोपन कार्यक्रमका सयोजक लाल बहादुर चौधरीको सभापतीत्वमा भएको वृक्षारोपन कार्यक्रममा इलाका वन कार्यालय रामपुरका प्रतिनिधि गणेश भट्ट प्रमुख अतिथि रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरिक्षक नैन बहादुर साउद रहनु भएको थियो । वृक्षारोपनका लागी आवश्यक पर्ने विरुवा इलाका वन कार्यालय रामपुरले निशुल्क उपलब्ध गराएको थियो ।

वर्ष २०१६ का मिडिया सयोजक कृष्ण ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महा सचिव लक्ष्मी प्रसाद जैसीले गर्नु भएको थियो ।
14281567_987371191375555_1443823372_n

तस्तै चौथो कार्यक्रम आज नै सम्पन्न भएको छ । चौथो कार्यक्रम अन्र्तगत विरामीहरुलाई फलफुल वितरण गरीएको छ । दोदोधरा स्वास्थ्य चौकीमा रहेका करीव ६० जना विरामीलाई वितरण गरीएको हो ।
वर्ष २०१६ का महासचिव तथा फलफुल वितरण कार्यक्रमका सयोजक लक्ष्मी प्रसाद जैसीको सभापतीत्वमा भएको कार्यक्रमका प्रमुख अतिथि दोदोधरा स्वास्थ्य चौकीका ईन्चार्ज कृष्णदेव जोशी रहनु भएको थियो । कोषाध्यक्ष जेसि धिरज शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष जेसि इन्द्रराज खतिवडाले गर्नु भएको थियो ।
यस्तै आगामी वर्ष २०१७ का लागी कुशल नेतृत्व र व्यक्तीत्व विकासका लागी नै जेसिज भन्ने मुल नारा सहित पाचौ दिनको प्रकरण गोष्टि पनि सम्पन्न भएको छ । प्रकरण गोष्टिका सयोजक पुष्प भण्डारीको सभापतीत्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समाजसेवि भुमि प्रसाद जैसी रहनु भएको थियो । वर्ष २०१६ का अध्यक्ष सल्लाहाकार जेसि हरी प्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जेसि लक्ष्मी प्रसाद जैसीले गर्जु भएको थियो ।