परदेशीको पिडा समेटिएको मार्मिक गित “दशैमा अाउदिन जस्तो छ” सार्बजनिक

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – भाद्र २६ 

14287629_1407964082554241_1302668747_nसञ्चारकर्मी कृष्ण बाबु र गायिका शिलु भट्टराईको को दशैँ-तिहारलाई लक्षित परदेशी को पिडा समेटिएको मार्मिक नया गित “दशैमा अाउदिन जस्तो छ” हालै सार्वजनिक भएको छ । उक्त मार्मिक गीतमा चर्चित गायक खुमन अधिकारी र शिलु भट्टराईको को सुमधुर आवाज रहेको छ भने शब्द कृष्ण बाबु संगीत खुमन अधिकारीको रहेको छ ।

गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै दर्शक श्रोताको रोजाईमा पर्न थालेको यस म्युजिक भिडियोलाई यस.के डिजिटल ले बजार व्यवस्थापन गरेको छ । उक्त म्युजिक भिडियो निर्देशन ,छायांकन, सम्पादन बिष्णु भट्टराईले गरेका छन् । भिडियोमा कृष्ण बाबु,उषा,गीता, कुलचन्द्र र ललितको अभिनय देख्न सकिने छ ।

भिडियो सहित