नेपालका नेता’को साथमा आउदैछन् गायक थापा…

By प्रकाश धिताल     

के के छ डटकम परिवार काठमाण्डौ – पदम ओझा बौनिया – भदौ २३

14248855_984155955030412_1342350007_nलोक दोहोरी गायक गोपालजंग थापा आफनो अर्को सांगितिक कोशेली नेपालका नेताको साथमा बजारमा आउने भएका छन । लोकदोहोरी गीत अन टेस्ट हु म छैन लभर बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका गोपालजंग थापाले त्यसपछि क्रमश, बरपिपल छायाले, धेरै भए फटाह जाली बजारमा ल्याईसकेका छन् । उनको पहिलो गीत अन टेस्ट हु म छैन लभरले निकै राम्रो चर्चा पनि बटुलेको थियो ।

आफनै रचना, लय अनि स्वर दिएका गायक थापालाई उक्त गीतमा उनकी जीवन संगीनी चित्रकला बुढाले पनि साथ दिएकी छन् । पुर्व सञ्चारकर्मि समेत रहेका थापाको मिठो आवाजलाई स्रोताले उनी उत्तिकै रुचाईरहेका छन् ।

थापाको आवाजमा आउदै गरेको ‘नेपालका नेता’ बोलको गीतको रचना चित्रकला बुढाले गरेकी छन् भने नारायण कार्किको लय रहेको छ । कैलाली टीकापुरका स्थायी बासिन्दा थापाले केही दिनमै आफनो नया गीत अनामनगरस्थित बिशेष डिजिटल स्टुडियोमा रेकर्ड गर्दैछन् ।

थापाको अब आउने गीतमा नेपालको पछिल्लो राजनितिक परिवेशलाई व्यङ्ग्य प्रहार गरिएको एकसाथ सुन्न र हेर्न सकिनेछ । गित रेकर्ड गरे संगै भिडियो सुटिङको तयारीमा लाग्ने उनले बताए । गायक थापाको सांगीतिक यात्रा निरन्तर अघि बढदै जाओस हाम्रो शुभकामना ।