बाल्यकालका याद दिलाउने ‘सफर’को नयाँ ट्रेलर सार्वजनिक…

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र २१ 

14247780_898259283651186_1011977884_o (1)

बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि डाइलगहरु समेटेर फिल्म ‘सफर’ले आफ्नो नयाँ ट्रेलर सार्वजनिक गरेको छ। धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो, स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो । यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको डाइलग प्रोमो सार्वजनिक भएको हो ।

तीन जना साथिले बिना योजना गरेको यात्रा अनि त्यो यात्रा भित्र आउने उतारचढावलाई मुख्य कथा बस्तु बनाएर फिल्म निर्माण भएको छ । फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल, नुर्जा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ भनेए फिल्मलाई आशिश श्रेष्ठले निर्देशन गरेका छन ।
असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म युवा फिल्मसको ब्यानरमा बन्न लागेको हो । केशव खडकाले निर्माण गरेको फिल्मको सम्पूर्ण छायाँकन अमेरीकामा गरिएको हो ।

‘सफर’को नयाँ ट्रेलर