नेपाली बजारमा सामसुङले आफ्नो मोबाइलको मूल्य घटायो…

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र २१

downloadसामसुङले दशैँको अवसर पारेर नेपाली बजारमा मोबाइलको मूल्य घटाएको छ । नेपालीको महान चाँड दशैँलाइ लक्षित गर्दै विभिन्न आकर्षक अफरहरू ल्याएको हो ।

सामसङले आफ्ना विभिन्न मोबाइलहरूमा भारी मूल्य छुटको अफर ल्याउनुका साथै लक्की ड्र मार्फत उपहार प्रदान पनि गर्ने भएको छ । यस अन्तर्गत सामसुङले हरेक दिन एक भाग्यसाली विजेतालाई १ लाख रूपैया प्रदान गर्नेछ भने अन्य तीन जनालाई पनि विभिन्न उपहारहरू प्रदान गर्नेछ ।

यो अफरअन्तर्गत सामसङले ८६ हजार ९ सय पर्ने ग्यालेक्सी नोट ५ लाई मात्र ७६ हजार ९ सय रुपैयामा उपलब्ध गराउने भएको छ । यसैगरि ५० हजार ९ सय पर्ने ग्यालेक्सी ए ७ ४५ हजार ९ सयमा , २७ हजार ९ सय ९० पर्ने ग्यालेक्सी जे ७ २६ हजार ४ सय ९० मा र २३ हजार पर्ने ग्यालेक्सी जे ५ मा भने २ हजार रूपैया घटाइएको छ ।

यो अफर भाद्र १० गते देखि असोज २० गते सम्मकालागि लागू हुने सामसुङ नेपालले जनाएको छ ।