गीतकार पौडेलको राष्ट्रिय गीति एल्बम ‘आह्वान’ सार्वजनिक

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र २१ 

2 (1)

साहित्य क्षेत्रमा चर्चित गीतकार ध्रुबराज पौडेलको राष्ट्रिय गीति एल्बम ‘आह्वान’ अनामनगरको युनियन हाउसमा एक पत्रकार सम्मेलन गरि बिमोचन गरिएको छ ।  गीतकार पौडेलको ‘आह्वान’ एल्बम दोश्रो एल्बम हो l यो भन्दा पहिले उहाले मायाप्रेम सम्बन्धि एल्बम बजारमा ल्याउनु भएको थियो ।

ध्रुबराज पौडेलको एकल शब्द रहेको ७ वटा राष्ट्र प्रेम झल्काउने गीतहरु समेटिएको यस एल्बममा वरिष्ट संगीतकार शक्ति बल्लभको एकल संगीत रहेको छ भने सुमुधुर स्वरका धनि गायक सुमित खड्काको एकल आवाज रहेको छ।

कार्यक्रममा बोल्नु हुदै गीतकार ध्रुबराज पौडेलले ‘देशमा संबिधान लागु हुन नसकेको अवस्था साथै गरिबी, राजनैतिक अस्थिरताका कारण विदेशिनु परेको र पैसा के हो भन्ने कुराको अर्थ यस गीति एल्बम मार्फत श्रोतामाझ पुर्याउन खोजेको हु।भन्नुभयो । त्यसै गरि वरिष्ट संगीतकार शक्ति बल्लभले भने ‘हरेक गीतका शब्दहरुले देशप्रेम र संबिधान तथा एकताको आह्वान गरिएको कथावस्तु बोकेको छ l यस्ता राष्ट्रप्रेमी मार्मिक शब्दहरुको संगीत गर्न पाउनु मेरो लागि अत्यन्तै खुशीको कुरा हो ।

त्यस्तै वरिष्ट गायक सुमित खड्का भन्छन्, ‘सबै गीतहरु सबै देशप्रेमको भावले ओतप्रोत रहेको छ र त्यसलाई श्रोतामाझ पुर्याउने गहन जिम्मेवारी पत्रकार मित्रहरुको पनि रहनेछ ताकी फेरी पनि गीतकार चुडामणि देवकोटाको अर्को एल्बम पनि बजारमा आओस। आयोजकको तर्फबाट यस कम्पनीका कानुनी सल्लाहकार श्याम रोक्काले स्वागत मन्तब्य दिदै यस राष्ट्र प्रेम बोकेको एल्बमलाई बजारमा ल्याउन पाउदा एकदमै गर्व महशुस गरेको बताउदै एल्बमलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो l कार्यक्रमलाई गंगा लामाले संचालन गर्नुभएको थियो ।