परदेश बाटै सक्रिय गित संगीतमा लागेका नारायणले गरे नारायण संग पनि गित संगीतको थालनी

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र २१ 

14218146_1114110425335866_1397869759_nगित संगीत भने पछि कसलाई मन नपर्ला र सबै लाई मन पर्छ यस्तै मन पर्ने मध्ये हेटौडामा जन्मिएका गित संगीतका पारखी हुन् नारायण गौतम । सानै देखि गित संगीतका पारखी गौतमले सानै देखि कविता गीत गजल पनि लेख्ने गर्थे ।  यस्तै गजल कविता सानै देखि लेख्दै आएका गौतम पछिल्लो समय आफुले लेखेका गजल कबिता बाट गित पनि निकालेका छन् ।

गौतमले आफुले पहिलो गित हिमाल सागरको आवाजमा रहर हरु थाती राखी यसै गरि दोस्रो गित प्रमोद खरेलको आवाज अनि बिनय केटूको संगीत अनि एरेन्जमा मरे पछि तिमि सँग फेरी भेट,अनि तेस्रो गित ,राजसुक्रको संगीत अनि बाबुल गिरीको संयोजनमा अन्जु पन्तकोआवाजमा तिम्रो नाम को सिंदूर लाउने भनी निकालेका छन् यसै गरि राजसुक्रको संगीत अनि बाबुल गिरीको संगीत संयोजनमा दीपक लिम्बु को आवाजमा रहेको अझै पनि समझाना छ त्यो कौसी को ऐना गीतको म्यूजिक भिडियो पनि बजारमा ल्याएका छन्  ।

श्रुतिमा नामक एल्बममा आफ्ना गित संगीत लाइ उनले राखेका छन् ।  अहिले पछिल्लो समय आएर राज शुक्रको संगीत बाबुल गिरीको एरेन्जमा गायक उदित नारायण झा र गायिका मिलन आमात्यको आवाजमा रहेको कहिले पनि नबोलेको पहिलो पल्ट गार्हो हुन्छ गीत को बोल मुम्बईमा रेकर्डिङ्ग गराउदै छन्  ।  श्रुतिमा एल्बममा समाबेश उक्त गित उनको छैटौ गीत रहेको छ उक्त गित अब बजारमा १ महीना पछि आउदै छ ।
यसै गरि सदाबहार गित संगीत प्रति उनको लगाब अझै बढ्दै जाहोस यहि छ हाम्रो शुभ कामना ।