चलचित्र लालजोडीमा नायक ज्योतीको अभिनय उत्कुष्ठ

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – भाद्र २० 

नक्कली बावुराम भट्टराई (ज्योती काफ्ले) द्धारा अभिनित चलचित्र लालजोडी हिजोबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रको विशेष शो काठमाण्डौको सिटि सेन्टरको वीग मुभिजमा आयोजना गरिएको थियो भने दोस्रो दिन विश्वज्योति हलमा प्रदशन भएको छ ।

संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘लालजोडी हेर्न पहिलो दिनको तुलनामा दोसा्रे दिनझन दर्शकहरुको बाक्लो उस्थिति रहेको थियो । उक्त शो मा चलचित्रका कलाकार,हरु चलचित्रका नायक ज्योति काफ्लेको उपस्थिति रहेको थियोे । चलचित्रलाई हाँसो र रोदनको समिश्रण भन्दा फरक नपर्ला ।

चलचित्रका मुख्य कलाकार ज्योती काफ्लेको अभिनय निकै नै उत्कुष्ठ रहेको दर्शकहरुको भनाई छ । यस्तै उनको संवादले दर्शकलाई धेरै पटक हँसाउने र बेलाबेलामा रुहाउने समेत काम गरेको बताएका छन् । चलचित्रको मुख्य हतियार यसको संवाद पक्ष नै हो । यसको संवाद पक्ष एकदमै सवल छ ।

चलचित्रका गीतहरु तीनवटै एकदमै राम्रा बनेका छन् । साथमा कलाकार ज्योती काफ्ले र नव–नायिका आयुष्मा कार्कीको अभिनयले पनि दर्शक वाध्न सफल भएको छ । चलचित्रको प्रदर्शन अगाडि ‘लोत हसाँउछ ग्वाँ ग्वाँ रुवाउँछ’ भन्दै यसको प्रचार गरिएको थियो ।