चालकविनाको बस दुबईमा चल्न थाल्यो

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – भाद्र  १९ 

d077e27711c1a72b571978280b78be981472884783करिब एक महिना लामो परीक्षणपछि बिहिबारबाट दुबईमा यो सेवालाई औपचारिक रुपमा व्यावसायीक सञ्चालन थालिएको हो । मिनि बस निर्माता कम्पनी र दुबई शहर व्यवस्थापनले बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणमा परिरहेको असरलाई यस्तो बस सेवाले थोरै भनेपनि सहयोग पुग्ने आशा लिएको बताएको छ । हाल यो सेवा १० सिटको गाडीबाट सहरको करिब ७०० मिटर सडकमा सुरु गरिएको छ ।

यो सेवा छिट्टै विस्तार गर्दै मुख्य शहरभर सेवा दिइने बताइएको छ । विश्वको बसैभन्दा अग्लो टावर बुर्ज खालिफा क्षेत्रमा सुरुका दिनमा यो सेवा चलाइएको छ । इजी माइल नामक फ्रान्सेली समूह तथा दुबईस्थित ओमनिक्स कम्पनीले संयुक्त रुपमा निर्माण गरेको मिनिबस ४० किलोमिटर प्रतिघण्टाको गतिमा कुट्ने गर्छ । सडकमा पैदलयात्रीले बाटो काट्न लागेको पाइए रोकिएर बाटो काट्न दिने प्रविधि समेत जडान बसले अन्य गाडीको गती अनुसार आफ्नो गति निर्धारण गर्ने बताइएको छ ।

दुबई खाडी मुलुकका केही पर्यटकीय सहरमध्ये एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो । दुबईमा सन् २०१५ मा मात्रै एक करोड ४२ लाख बढी पर्यटक घुम्न गएका थिए ।