कैलालीमा तीज नृत्य प्रतियोगिता सप्पन्न

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ- पदम ओझा – बौनिया – भदौ १९

14193651_980346082078066_860413284_nनेपाली हिन्दु महिलाले आज हरितालिका तीज विषेश हर्ष उल्लासका साथ देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बस्दै महिलाहरुले हरितालिका तीज मनाउने गरेका छन सो अवसरमा सुदुपश्चिमका विभिन्न स्थानमा विभिन्न कार्यक्रमका आयोजना गरिएका छन । सोहि तिजको अवसरमा कैलालीको सडकपुर बौनियामा महिलाहरुले बिभिन्न गीतका भाकामा नृत्य सामूहिक र एकल रुपमा नृत्य गरेका छन् । सडकपुर बौनिया बजार ब्यवस्थापन समिति र महिला सञ्जाल दोदोधराको आयोजनामा सो तिज नृत्य कार्यक्रम भएको हो । तिज बिषेश कार्यक्रमका संयोजक पद्मा साउदको सभापतित्वमा भएको तिज नृत्य कार्यक्रमका प्रमुख अतिथि मोहन्याल माध्यमिक बिद्यालयकी प्रधानाध्यापक चन्द्रिका जोशी रहनुभएको थियो ।
यसैगरी कैलालीको कोटातुल्सीपुर १ नौनियामा कोटातुल्सीपुर महिला सञ्जालको र नौनिया यूवा क्लब सयुक्त आयोजनामा पनि तिज बिषेश कार्यक्रम सम्पन्न भएको छ । कोटातुल्सीपुर महिला सञ्जालकी अध्यक्ष कृष्णा मल्लको सभापतित्वमा भएको तिज नृत्य प्रतियोगितामा प्रमुख अतिथि कैलाली उद्योग बाणिज्य संघकी उपाध्यक्ष रुक्मणी देबकोटा रहनुभएको थियो ।
प्रतियोतिामा कालिका माध्यमिक बिद्यालयको समूह प्रथम भएको छ भने संगम तामाङ्गको समूह धनगढी द्धितीय, कालिका आमा समूह मुढाबजार तृतीय र ईन्द्रणी यूवा क्लब नौनिया सान्त्वना भएको छ ।

महिला जागरण केन्द्रको आयोजनामा सफा बातावरण तथा हरीयो वन आवश्यकता हरेक निकायमा महिला समानुपातिक सहभागीता शिर्षकमा लम्की चुहा १० बागमारामा तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । महिला जागरण केन्द्रकी अध्यक्ष विष्णा विसीको सभापतीत्वमा भएको नृत्य प्रतियोगीतामा प्रमुख अतिथि अखिल नेपाल क्रान्तिकारी सचिवालय सदस्य विमला सिह रहनु भएको थियो । उक्त तिज नृत्य प्रतियोगीतामा लालीगुरास स्वास्थ्य महिला समुह प्रथम ,एकता स्वास्थ्य महिला समुह द्धितिय ,महिला स्वास्थ्य आमा समुह चैनपुर तृतिय र शम्भु सुनन्दा स्वास्थ्य महिला समुह ले सान्तवना पुरस्कार प्राप्त गरेका छन । कैलालीको सोल्टा, सुगरखाल, फलेबिसौना, तल्लापानी, राजकाडा, बादेगौजा, चिसापानी, बलिया बजार प्रतापपुर चुहा बजार, मुढाबजार, साडेपानी, लठुवा,सुखड, जोशीपुर, पहलमानपुर, मसुरिया, अत्तरीया लयायतका क्षेत्रमा बृहत रुपमा नाचगान सहित तिज मनाएको छ । मध्यपश्चिमको लगाम, धनरास, बोला, बेतान र बाबियाचौर, कुईने र बिजौरामा पनि भव्य रुपमा तिज कार्यक्रम भएको जानकारीका आएको छ ।
यता सुदुरपुर्वी कैलालीको टीकापुरमा बलभद्रचोक ब्यापारि समुहले खुल्ला तिज नित्य प्रतियोगितको कार्यक्रको आयोजना गरेको छ । उक्त नृत्य प्रतियोगितामा सामुहिक तथा एकल नृत्य गर्दै रमाएका थिए । राष्टिय कलाकारको समेत प्रस्तुती रहेको कार्यक्रम भोली सम्म संञ्चालन हुने आयोजकले जाकारी दिइएको छ । चौलागाई सपिङ्ग कम्पेल्सका संञ्चालक अर्जुन चौलागाईको साभापत्विमा उद्घाटन भएको कार्यक्रका प्रमुख अथिती ईलाका प्रशासन कार्यलय टीकापुरका गणेश प्रसाद आर्चय प्रमुख अतिथी रहुनु भएको थियो ।