नासाले गर्यो वृहसपतिको तस्वीर सार्वजनिक

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – भाद्र १९ 

downloadअमेरिकी अन्तरीक्ष संस्था नासाले वृहस्पतिको नजिकबाट खिचिएका तस्वीरहरू पहिलोपटक सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको तस्वीरमा वृहस्पतिको उत्तरी ध्रुवको तस्वीर एकदमै नजिकबाट लिइएको हो । यी तस्वीरहरूमा वृहस्पतिमा रहेका विशाल बादलहरू र अन्य मौसमी गतिविधि पनि देखिएको नासाले बताएको छ ।

तस्वीरहरू खिच्न नासाले ‘जूनो’ नाम गरेको स्याटेलाइट अन्तरीक्षमा पठाएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार त्यस स्याटेलाइटले वृहस्पति ग्रहसँग सम्बन्धित विभिन्न २७ वटा तस्वीरहरू गत शुक्रबार खिचेको हो ।