रोल्पाकी पुनम घर्ती मगर मोडलिङ्गमा प्रवेश

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश घिमिरे – भाद्र १७
14169752_626365107524025_1921536538_nरोल्पा जिल्लाको घर्ती गाउँमा जन्मिएर काठमाडौँको  थानकोटमा बस्दै आएकी मोडेल हुन पुनम घर्ती मगर । गीत संगीत अनि डान्स लाई धेरै मन पराउने विशेषत डान्स सानै देखि गर्दै आएकी अनि बुवा लाई रेडियो किन्न लगाएर रेडियो मा आएका गित संगीत सुन्ने बित्तिकै नाच्न सुरु गर्ने गर्थिन र अझ घरबाट लुकेर डान्स सिक्ने गर्थिन ।

उनले भनिन सानो उमेरमा बाबा आमाले बिहे गर्दा पढ्न पाइन् सात कक्षा सम्म पढेकी घर्तीले स्कुलका साँस्कृति कार्यक्रममा आफुले भाग लिएर थुप्रै पुरस्कार हात पारेको पनि बताईन । बाबाको सपना डान्सर बनाउने नै थियो तर परिस्थितिले अर्को मोड लियो ।मान्छे नचिनेको हुँदा केही गर्न पाएन र सकेन पनि अहिले आएर सामाजिक सान्जाल Facebook मार्फत एकदमै मन मिल्ने साथी बीर खाण ठकुरी संग भेट भयो ।

उहाँकै साथले मलाई मेरो बाबाको सपना लाई पुरा गर्न पाएकी छु । म उहाँलाई भुल्न सक्दिनँ मैले पहिलो गीत हे भगवानमा मोडेल सुरु गरेर अहिलेको तीज गीतमा पनि मोडेल गरेकी छु सिरैमा सिरफूल गीतमा पनि दर्शक श्वोताहरुले पनि राम्रो प्रतिक्रिया दिनुभएको छ । अगामी दिन हरुमा पनि दर्शक श्रोताहरुले साथ दिए यहि साङितिक क्षेत्र लाई धेरै थोरै योगदान दिने चाहना छ । गित संगीत मेरो मुटु हो ।