मेघनाथ लाई साहुको ऋण झोला बोकाएर चिलगाडी चढाइदियो…

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र १६ 

14159910_1787313268192663_1282980428_n

पछिल्लो समयमा नेपाली लोकदोहोरी लाई माया गर्ने श्रोता दर्शकमेघनाथ लाई साहुको ऋण झोला बोकाएर चिलगाडी चढाइदियो…को कमि छैन अन्य गीतसंगीतको तुलनामा लोकदोहोरी गीत वृद्धबृद्दा बालबालिका सबैको मुखमा सहजै झुन्डिएको पाइन्छ । त्यसैगरी बिदेश मा बस्ने लाखौं नेपाली हरुमा झन नेपाली लोक संस्कृति प्रतिको मोह बढ्दो छ ।

नभ प्रतिभा हरु पनि गीतसंगीत को अन्य पाटोमा भन्दा लोकदोहोरी क्षेत्रमा बढी नै आकर्षित भएको पाइन्छ । हालसम्म जतिपनी दोकदोहोरी क्षेत्रमा एल्बम रेकर्ड गरि आफ्नो प्रतिभा प्रस्तुत गरि अगाडि बढिरहेका छ्न त्यस भन्दा कैयौं गुना राम्रा प्रतिभा हरु गाउँ बस्ती भित्र छ्न यात बाध्यता बश बिदेश मा छ्न उनिहरु संग धेरै प्रतिभा भएरै पनि अझै ओझेलमा छ्न । यस्तै ओझेलमा परेका एक होनहार प्रतिभा हुन मेघनाथ आचार्य सानैदेखि लोकदोहोरी गाउने भनेपछि हुरुक्कै हुन्थे अग्रज अनुज सबै कलाकार का गीतहरू धेरै सुन्थे र गुनगुनाउथे पनि स्थानीय स्तर स्कुल कलेजमा हुने विभिन्न प्रत्योगीता मेला महोत्सव मा निकै दोहोरी गाइन्थ्यो मेघनाथ भन्छन् ।

14159323_1787313258192664_1078681672_nहरेक नेपाली युवाहरूको बाध्यता जस्तै मलाई पनि साहुको रिणले प्रदेशको बाटो देखाइ झोला बोकायर चिलगाडी चढायो नेपाली लोकदोहोरी गीतसंगीत जै क्षेत्रमा केही गर्न सकेको छैन एल्बममा आफ्नो स्वर भरेर सम्पूर्ण नेपाली हरु माझ सुनाउने मेरो सपना सपनामै सिमित छ तर पनि गाउने रहर उत्तिकै छ ।
ब्यास नगर पालिका वडा नं १२ बेलबास , दमौली तनहुंमा जन्मियका मेघनाथ बिगत ८ बर्ष देखि बहराइन लाई आफ्नो कर्मथलो बनाउदै आएका छ्न साथै उनि अन्तर्राष्ट्रिय कलाकार मंच बहराइनमा आबद्ध भएको हामिलाइ जानकारी दिए । बहराइनमा हुने हरेक सांगीतिक कार्यक्रम को स्टेज मा नेपाल बाट पुग्ने कलाकार हरु संग उनी गुन्जिइरहेका हुन्छ्न भने दर्शक को उत्तिकै ताली को गडगडाहट पाइरहेका हुन्छन् ।

नेपाल बाट कलाकार भनेर सांगीतिक कार्यक्रमका लागि बहराइन पुगेका कलाकार संग संगै उनीहरु ले बराबर त्यहाँ का नेपाली हरुलाइ मरोरंजन दिन उनी पछि परेका हुदैनन् । समय ले साथ दियमा नेपाली गीतसंगीत क्षेत्रमा अगाडि बढेर सम्पुर्ण दर्शन श्रोता माझ पुग्ने रहरलाइ मारेको छैन मेघनाथ भन्छन् । उनको यो रहर छिटै पूरा होस् हाम्रो तर्फबाट शुभकामना ।