नायिका नम्रता सापकोटाले मनाईन ‘माइकल स्टेप-अपमा तीज

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल  – काठमान्डौ – भाद्र १४

aakash

नायिका नम्रता सापकोटा यति बेला फिल्म ‘ब्रासलेट’को प्रचारप्रसारमा ब्यस्त छिन् । यही बीचमा पनि उनि ‘माइकल स्टेप-अप याण्ड आर्ट्स एकेडेमी’ले आयोजना गरेको तीज कार्यक्रम साथसाथै तीज डान्स कम्पिटिसनमा सहभागी भईन । कार्यक्रममा नम्रताको साथमा बरिस्ठ संगीतकार राम सिटौलापनि सहभागी थिए ।

यता प्रतियोगिता भने दुई भागमा संचालन गरीएको थियो , बिबाहित र अबिबाहित । बिबाहित तर्फ संगीता सिटौला प्रथम भईन भने दोस्रो स्थान स्वेता जेन्जानीले हात परिन् । त्यस्तै अबिबाहित तर्फ क्रमस इशा परियार र सिर्जना जी.सी पहिलो र दोस्रो भए । प्रतियोगितामा सरोज मोक्तान र किश्वर पौडेल निर्णायकको भूमिका निभाएका थिए भने कार्यक्रम संचालन भी.जे शृंखला जोशीले गरेकी थिईन् ।