लक्ष्मणको प्रेस बिज्ञप्ति हेरौ के हो त ?

By प्रकाश धिताल     

केके छ .डट कम परिवार – प्रकाश  घिमिरे – काठमाण्डौ – भाद्र १३

                                                 बिषय : हदै सम्मको कारबाही गरि  पाऊ  

उपरोक्त सम्बन्धमा मिति 2016 – 08 – 11 का दिन thecosmicstar.com ले “कोरिया मा नेपाली दलाल वाट पीड़ित बन्दै नेपाली ” उल्लेखित शीर्षकमा दक्षिण कोरिया मा बिगत 24 बर्ष देखि आफ्नो ब्यापार ब्यबसाय गर्दै आइरहेको म लक्ष्मण बोगटी माथि माथि झूटो बनावटी भ्रामक समाचार सम्प्रेषण गरि मेरो ब्यक्तिगत जीवन मा नै खलल बनाउनु का साथै ब्यबसायिक सामाजीक जीवन मा नै आघात पुग्ने गरि समाचार प्रकाशित गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचार प्रति खेद ब्यक्त गर्दछु ।
उक्त अनलाइनले दिएको समाचार मा सत्य , तथ्य नभएको प्रस्ट पार्न चाहन्छु । समाजमा मेरो ब्यागतिगत चरित्रमा पर्न गएको नकारात्मक असर लाई चीर्ने गरि क्षमा याचना सहितको अर्को समाचार प्रकाशित गरि निज मेरो बारेमा कपोकल्पित समाचार बनाउने लाई हदै सम्मको कारबाही पनि गरि पाऊ भनि यो प्रेष बिज्ञप्ति तपाई THECOSMICSTAR.COM लाई अनुरोध गर्दछु ।
म अहिले बुसान मा आफ्नो ब्यबसायको शीलशिलामा छु । भागेको वा हराएको भन्ने कुरा 100% गलत हो यदि तपाई ले सम्पर्क गर्न चाहेमा मेरो सम्पर्क फोन नं 01090861946 रहेको जानकारी गराउछु ।
पत्रकारिता रास्ट्र को चौथो अंगको रुपमा काम गर्ने ब्यक्ति पबित्र पेशाको बदनाम गर्ने आफ्नो पेशा र धर्मं लाई बिर्सेर मनो गणन्ते समाचार ले मलाई त गर्यो नै तर त्यों भन्दा बढ़ी समाजमा पत्रकारिता प्रतिको बिस्वास मा कमी आएको मैले महशुस गरेको छु । अब देखि म मात्र होइन जो कोही को पनि बदनाम गर्ने अबिप्राय ले कुनै पनि समाचार प्रकाशित हुने छैन भन्ने बिस्वास गर्दै मेरो बिज्ञप्ति लाई नजर अन्दाज नगर्न अनुरोध गर्दछु ।

                                                                                                                            निबेदक
                                                                                                            लक्ष्मण बोगटी दक्षिण कोरिया