कैलालीको बौनियामा कृष्ण जन्माअष्टमीको अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ –पदम ओझा बौनिया  – भाद्र ११ 

14171991_972344219544919_1295437351_n श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा कैलालीको दोदोधरा ७ सडकपुर बौनियामा बौनिया बजार ब्यवस्थापन समितिको आयोजनामा आज आकाशे घैटो फोड, पाईप चढ्ने, भुईको घैटो फोड, महिला कुर्सी दौड प्रतियोगीता सम्पन्न भएको छ । सडकपुर बौनिया बजार ब्यवस्थापन समितिका सदस्य तथा कार्यक्रम उपसमितिका संयोजक रामचन्द्र कुवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि कैल्ँँली उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष कर्ण बहादुर कुवर रहनुभएको थियो । विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस महासमिति सदष्य दलबीर साउद, राप्रपा नेपाल कैलालीका उपाध्यक्ष एकेन्द्र मल्ल, पूर्व जिल्ला बिकास समिति कैलाली सदष्य नैन बहादुर खड्का, दोदोधरा गाविस सचिब बालाराम घिमिरे रहनुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस दोदोधरा सभापति गणेश शाही, नेकपा एमाले दोदोधरा अध्यक्ष जयरुप खतिवडा, नेकपा माओबादी केन्द्रका भिख्खु चौधरी, राप्रपा नेपालका मित्र बहादुर घर्तिमगर, राष्टिय जनमोर्चाकी रुपा आले मगर, नेकपा माओबादी बिप्लबका प्रदीप बी.क.नेपाल मजदुर किसान पाटीका सूर्य बहादुर शाही, कोसेली एफएमका स्टेशन म्यानेजर लिलाराज खत्री लगायत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कोसेली एफएमका प्रतिनिधि रबि जनाला र बिनोद देवकोटाले गर्नुभएको थियो ।

14101902_972337259545615_1639010127_n

विगतका वर्षहरु झै यस वर्षपनि हिन्दु धर्मावलम्बीको अर्काे महत्वपूर्ण चाडका रुपमा लिईने यस पर्वलाई धुमधामका साथ कार्यक्रमको आयोजना गरी मनाईएको हो । कार्यक्रममा भुईको घैटो फोडमा दिपक पाल, पाईप चढ्ने खेलमा हर्क बी.क, महिला कुर्सी दौडमा निरञ्जना बोहरा,त्यस्तै घैटो फोडको मुख्य आकर्षण रहेको आकाशे घौटो फोडमा युवा सघं नेपाल दोदोधरा, पशुपती युवा क्लब रानीकुण्डा , बौनिया गाउ“ र मुडा गाउ“ गरी ४ वटा टिमको सहभागिता रहेको थियो । करिब २५ फिटको उचाइमा रहेको आकाशे घैटो फोडनमा बौनिया गाउ“ सफल भएको छ ।

प्रतियोतिामा सफल हुनेलाई आकाशे घैटो फोडका लागि १५ हजार ५ सय ५ रुपैया“, पाईप चढ्ने खेलका लागि १ हजार ६ सय ५ रुपैया“, र भुईको घैटो फोडका लागि २ हजार ५ सय ५ रुपैया“ र महिला कुर्सी दौड प्रतियोगीता लाई १ हजार ५ रुपैया पुरस्कार प्रदान गरिएको बौनिया बजार व्यवस्थापन समितिका महा सचिव दिनेश भण्डारीले जानकारी दिनुभएको छ ।