गहुँको सिजनमा रासायनिक मल छैन

By प्रकाश धिताल     

नेपालगन्ज: अघोषित नाकाबन्दीका कारण गहुँको सिजनमा खाद्य सामग्री कम्पनी लिमिटेड नेपालगन्जको गोदाम खाली भएको छ। मल अभावमा किसान उत्पादन घट्ने भन्दै चिन्तित भएका छन् । सहज आपूर्ति भएको भए अहिले कम्पनीको गोदाम रसायनिक मल भरिभराउन हुने कम्पनीका कर्मचारी बताउँछन्। सामग्री कम्पनीका स्टोर किपर पुष्पराज श्रेष्ठले भारतीय नाकाबन्दीका कारण ढुवानी हुन नसक्दा गोदामा खाली भएको बताए। गहुँको मध्य सिजनमा कम्पनीको गोदाममा ३४.१५० मेट्रिक टन युरिया, ६८.३०० मेट्रिक टन डीएपी र २४.१५० मेट्रिक टन पोटास मौजात छ।