होटल अन्नपुर्णमा गायिका प्राश्ना र इन्दिराको दमदार तिज बिशेष प्रस्तुती

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र १० 

14088897_492439517619609_1031031426_n हिन्दु महिलाहरुको महान चाड हरीतालिका बेला बिभिन्न ठाउँहरुमा तीज बिशेष कार्यक्रमहरु भईरहेका छन । यसै बिच शनिवार राजधानी काठमाण्डौको दरबारमार्ग स्थित अन्नपुर्ण होटलमा तीज बिशेष कार्यक्रमको आयोजना गरीएको छ । यसै बिचमा राजधानीको होटेल अन्नपुर्ण वमेन फेडेरेसन फर वल्र्ड पिस नेपालको आयोजनामा हुन लागेको तीज बिशेष कार्यक्रममा गायीका इन्दिरा जोशी र प्राश्ना पाण्डेको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

नेपालकी शाकीराका रुपमा चिनिने जोशी र पछिल्लो समय धेरै दर्शक र श्रोताको साथ पाएकी पप गायीका पाण्डेले कार्यक्रममा संस्कृति झल्काउने किसीमका प्रस्तुतीहरु देखाउने छन ।