मेनुकाले को लाई भनिन ‘हे प्यारा प्यारा (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र ०७ 

14137940_952174458261811_355245140_n

नेपाली गीत संगितमा अझ भनौं गायनमा अहिले चर्चाको शिखरमा पुग्न सफल गायिका हुन मेनुका राई । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै सानै देखिको रहर र रुचिलाई अंगिकार गर्दै यस क्षेत्रमा पाइला चालेकी मेनुका निकै मिहेनति छन् । प्रायजसो सबै गीतहरुमा आवाज दिनसक्ने खुबि भएकि मेनुकाको रोजाइमा भने निकै चर्चित गीतहरुनै पर्ने गरेका छन् । गीतको भावलाई जीवन्तता दिन गायीका मेनुकाले कुनै कसर बाँकि राख्दिनन । परिणामस्वरुप उनले गाएको गीतहरु निकै नै उत्कृष्ट बन्ने गरेको छ ।उनि खोटाङ जिल्लामा जन्मिएकी हुन । एउटा छुट्टै प्रकारको ,जोश जाँगर भएकि मेनुकाले रेडियो नेपालमा २०५६ सालमा गीत गायर साँगेतिक यात्रा आरम्भ गरेकि हुन् ।

उनले सोहि समयमा मौरी घुम्छ फुलको बोटैमा गीत गाइन र त्यसैले उनलाइ चिनाउने काम गर्यो ।यहि गीत बाट मेनुकाले सफलताको उकालो चढ्न सुरु भने गरिन भन्दा फरक नपर्ला । हाल यीनै मेनुकाल सांगीतिक कोशेली ‘लाईफ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् । कुनै समय ‘माया आरिसे’ बोलको लोकआधुनिक गीतमार्फत गायन क्षेत्रमा चर्चामा मेनुकाको यो तेस्रो एल्बम हो । यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ नामक एल्बम ल्याएकी थिइन् । सार्वजनिक एल्बम ‘लाईफ’ मा ६ वटा लोकआधुनिक गीत छन् भने दुई गीतको म्युजिक ट्रयाक समेत समेटिएको छ ।

एल्बममा दुईदिने जीन्दगी, साकेला गीत, वितेका ती पलहरु, जुनीजुनीसम्म र माया आरिसे बोलका गीत समावेश छन् । ‘माया आरिसे’ मेनुकाको चर्चित गीत हो । एल्बमका अन्य गीतमा भुपेन्द्र खड्का, पवित्रा चाम्लिङ राई र रिदम राईको शब्दरचना रहेको छ । ती गीतमा राज्य राई, पवित्रा चाम्लिङ राई र रिदम राईकै संगीत रहेको छ । एल्बममा समावेश गीतमध्ये ‘दुईदिने जीन्दगी’ लाई भिडियोमा ल्याइएको छ । ‘हे प्यारा प्यारा’ शीर्षक दिइएको यस भिडियोमा अकेशा विष्ट र बोनी एण्ड गु्रपको अभिनय रहेको छ । यस भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेका हुन् ।

मेनुकाको ‘लाईफ’ को अडियोलाई रिभेन्स म्युजिक क्रियशनले बजारमा प्रस्तुत गरेको हो । नायिका हुने गुण पनि प्रशस्तै छ उनमा । जति मीठो स्वर छ त्यति नै शारीरिक सुन्दरता पनि छ । बहु प्रतिभाको धनी मेनुका दिक्तेल बजार गीतमार्फत गायिकाका रुपमा चिनिएकी हुन्। काम ढिलै भएता पनि दर्शकहरुको मन मुटुमा छाप पार्न सफल गीत ल्याउने उनको दावी थियो । मेनुकाले आवाज दिएको गीतहरुले दिनानु दिन बजारमा चर्चा कमाउन सफल भएका छन् ।

उनले गायक प्राय गीतहरु मन छुन सफल हुन्छन र उत्कृष्ठ बन्न पुग्दछन् । आफ्नो माता पिताको आर्शिवादले तथा साथिभाइको प्ररणाले यो स्थान सम्म आइपुग्न सफल मेनुका भन्छिन आफुले धेरै बर्ष अगि देखि यस क्षेत्रमा सक्रियता देखाएता पनि मिडियामा भने ओझेलमा पर्ने गरेकि छिन। त्यसो त अनावश्यक चर्चा र सस्तो लोकप्रियता कमाउनकै लागि मिडियामा प्रचार गर्नु भन्दा पहिले आफनो क्षत्रमा दतचित भइ काम गर्नाले नै सफलता मिल्ने उनको दावी छ । जे जस्तो भएता पनि सफल गायीकाको यो सपना पुरा भएकोमा लाखौलाख शुभकामना ।

हेरौ भिडियो