पाेखरामा मुक्तिनाथ विकास बैँकका कर्मचारीहरुलाई ऐश्वर्य विज्ञान तालिम

By प्रकाश धिताल     

केके छ डट कम परिवार काठमाण्डौ – अमृत शर्मा,पाेखरेल – पाेखरा – भाद्र -६

14075212_1033066380104340_882935625_o

मुक्तिनाथ विकास बैँक लि.ले आफ्ना कर्मचारीहरु मा सकारात्मक सोचको विकास,योग,ध्यान,चिन्तन मार्फत प्रगतिको लागि सङ्कल्प गर्न सक्ने क्षमता बृद्धि गराउने उद्देश्यले दुईदिने “ऐश्वर्य विज्ञान” तालिम पाेखरामा सम्पन्न गरेको छ।
जीवन बिज्ञान फाउन्डेसनका जीवन विकास बिशेषज्ञहरू एल.पी भानु शर्मा तथा रमेश नेपालले तालिममा सहभागीहरू लाई प्रशिक्षण दिदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सकेमा मात्र तालिमको सार्थकता हुने बताउदै सहभागीहरुले पेश गरेको एक वर्षे ऐश्वर्य घोषणा पत्र तथा १० वर्षे जीवन नक्साङ्कनको सफलताको कामना गर्दै बैँकले गरेका विभिन्न प्रकारका सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु मध्ये कर्मचारीहरुमा सकारात्मक सेवाभाव को विकास गराउने पनि एक भएको बताएका थिए।
त्यस्तै तालिम समापन कार्यक्रममा बाेल्द‌ै समारोहका अध्यक्ष तथा बैँकका प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकालले बैंककाे उदेश्य नाफा अार्जन गर्ने मात्रै नभई सामाजिक सेवा सँगसगै बैकमा कार्यरत कर्मचारीहरू लाई कसरी खुशी र कसरी सुखी भएर अाफ्नाे जिवन मा सकारात्मक परिवर्तन ल्याउने,सुन्दर भविष्य निर्माण काे चिन्तन कसरी निर्माण गर्न सकीन्छ त भनेर नै याे बिषयमा पहिलाे श्रृङखला अन्तर्गत अाषाढमा ७५ जनालाई तालिम दिएकाे र उक्त तालिम बाट कर्मचारीहरू प्रभावित भए कै कारण पुनह दाेस्राे चरणकाे तालिम अायाेजना गरिएकाे र अन्य तालिम हरू बेलाबेलामा गर्दै अाई रहेकाे बताए।
एेश्वर्य बिज्ञान अन्तर्गत याे तालिम बाट अाफु र अाफ्नाे स्वभावलाई चिन्दै पेशा,व्यवसाय अगालेर जे छ त्यसैबाट सन्तुष्टि लिद‌ै सामाजिक तथा मानव सेवा मा तल्लीन भएर एेश्वर्यवान जीवन जिउन सकिन्छ भन्ने भाव रहेकाे तालिममा सहभागी मुक्तीनाथ बिकास बैकका लघुवित विभाग प्रमुख गाेविन्द राउतले जानकारी दिए।
पाेखरामा रहेकाे हाेटल दिपसागरमा अायाेजना गरिएकाे दुई दिने उक्त तालिममा मुक्तिनाथ विकास बैँक केन्द्रीय कार्यालय लगायत विभिन्न शाखाका कार्यालय हरुमा कार्यरत शाखा प्रमुखहरु,लघुवित्त डेस्क प्रमुखहरु तथा अन्य कर्मचारीहरु गरी कुल १०५ जनाको सहभागिता रहेकाे थियाे।