कैलालीको सडकपुर बौनिया स्थित सन्तोषी जागरण युवा क्लबको समुदघाटन कार्यक्रम सम्पन्न

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – पदम राज ओझा – बौनिया – भाद्र ०५

कैलालीको सडकपुर बौनिया स्थित सन्तोषी जागरण युवा क्लबको समुद्घाटन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । क्लबका उपाध्यक्ष नयराज बुढाको सभाध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथि बौनिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष भोजराज भट्ट रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका प्रतिनिधि एटम बम ,नेकपा माओबादी केन्द्र दोदोधराका अध्यक्ष भिख्खु चौधरी,राष्ट्रिय जनमोर्चा नेपालकी प्रतिनिधि रुपा आलेमगर,दोदोधरा गाविस स्तरीय युवा सञ्जालका सचिव लक्ष्मी प्रसाद जैशी,त्रयम्बकेश्वर क्षेत्र विकास तथा संरक्षण मञ्च दोदोधराका सचिव धिरज शाही, कोसेली एफ एमका पदमराज ओझा, सडकपुर बौनिया युवा क्लबका सचिव जिवन विसी,राधेश्याम विध्या मन्दिरका प्रिन्सीपल चक्र बम लगाएतकाले क्लबको प्रगतीको शुभकामना मन्तव्य राखेृका थिए । क्लबकी कोषाध्यक्ष चन्द्रा रेग्मीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुनिल भण्डारीले गर्नुभएको थियो ।