डा.तिम्ल्याहा दाजु भाई द्वारा अभिनित गङगाधर अनि शिवका भिडियोहरु सार्बजनिक…

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र ०५

14081096_492831080920555_1482302803_nबिन्दबासनी म्युजिकले आयोजना गरेको म्युजिक भिडियोको लोकार्पण कार्यक्रम हिजो इन्द्रेणी फूड ल्याण्ड बानेश्वरमा सम्पन्न भएको छ । बिन्दबासनी म्युजिकका अध्यक्ष सुबास रेग्मीको सभापतित्वमा डा कृष्ण हरि बरालको प्रमुख आथित्यमा गायक गङगाधर पराजुलीको अवाज अनि शिब प्रसाद देबकोटा आवाजमा रहेको ३ ओटा म्युजिक भिडियोको लोकार्पण गरिएको थियो ।
संगीत क्षेत्रका मुर्धन्य व्यक्ति हरु संगै विभिन्न पेशा ब्यबसायमा आबद्द व्यक्ति, पत्रकार हरुको कार्यक्रममा उपस्थिति रहेको थियो भने कर्यक्रमक लाइ दिनेश डिसीले संचालन गर्नु भएको थियो कार्यकममा विभिन्न व्यक्ति हरुले भिडियोको बारेमा राम्रोप्रतिक्रिया पनि दिनु भएको थियो ।

३ ओटा म्युजिक भिडियो जस अन्तर्गत पहिलो म्युजिक भिडियो “थियो मेरो पहिलो माया बोहनी बिगार्यौ तिमीले” यो गीतमा अवाज गायक गङगाधर पराजुलीको शब्द डा कृष्णहरि बरालको संगीत महेश खड्का संगै किरण कंडेलको एरेन्ज अनि तिम्ल्याहा दाजु भाई सौगात सौजन सौरज देबकोटाको अभिनय संगै सम्पदा बानियाले भिडियोमा साथी दिएकि छिन भिडियो लाई सुबास रेग्मीले निर्देशन गर्नु भएको छ ।

यसै गरि दोस्रो गितमा पनि “पल्लो घरको छतमा” जुन गीतमा गायक गङगाधर पराजुलीकै आवाज रहेको छ भने शिब प्रसाद देबकोटाको शब्द संगीत रहेको छ भिडियोमा तिम्ल्याहा दाजु भाई सौगात सौजन सौरज देबकोटा संगै केकी अधिकारी यो गीतको भिडियोमा साथ दिएकि छिन यो गितलाइ नरेन्द्र वियोगीले एरेन्ज गर्नु भएको छ भने कपिल लामाको निर्देशन रहेको छ  ।
यसै गरि तेस्रो गित “न सुखी हुन सक्यौ” जुन गित शब्द / संगीत / आवाज भने शिब प्रसाद देबकोटाको रहेको छ गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गर्नु भएको छ भने भिडियोलाई सुबास रेग्मीले निर्देश गर्नु भएको भिडियोमा तिम्ल्याहा दाजु भाई सौगात सौजन सौरज देबकोटा संगै सुवासना आचार्यको अभिनय रहेको छ  ।
तिम्ल्याहा दाजु भाई सौगात सौजन सौरज देबकोटाले गिजिज बुक ओल्ड रेकर्डमा नाम लेखाउन लाइ पनि अघि सरिरहेका छन् ।

हेरौ  यी क्रमस तिम्ल्याहा दाजु भाई सौगात सौजन सौरज देबकोटाका ३ भिडियो…

  1. “थियो मेरो पहिलो माया बोहनी बिगार्यौ तिमीले”


2) “पल्लो घरको छतमा”

3) “न सुखी हुन सक्यौ”