सिनेमाटोग्राफीमा व्यस्तको व्यस्त रामकुमार केसी

By प्रकाश धिताल     

केके छ डट कम- परिवार – काठमाण्डौ – भाद्र ०५ 
2

पछिल्लो समय अहिलेका व्यस्त अनि चर्चित सिनेमाटोग्राफर रामकुमार केसी निकै चर्चामा रहेका छन् l धेरै नै मेहेनती र इमान्दारीका साथ काम गर्ने केसीले मुम्बईमा समेत क्यामेरा असिस्टेन्टको रुपमा काम गरिसकेका छन् l उनले नेपालका चर्चित छायाँकार राजुविक्रम थापासंग पनि क्यामेरा असिस्टेन्ट भएर काम गरेका छन् ।

हालै रिलिज भएको र चर्चामा रहेको चलचित्र ‘बिरबिक्रम’ लाई छायांकन गरेका केसीले उक्त चलचित्रबाट राम्रो प्रतिक्रियाका साथै आफुले गरेको कामप्रति स्याबासी पनि पाएका छन् ।

धर्मकर्ममा विश्वास राख्ने अनि शाकाहारी केसीले यसअघि नेपाली चलचित्र हँसिया, सिसा, डिस्टीनी, घात र केहि भोजपुरी चलचित्रमा समेत काम गरिसकेका छन् l
बाकि आगामी कामका लागि सफलताको शुभकामना छ ।